पोखरा, ३ फागुन
पोखरा भ्रमण वर्षको उद्घाटनका लागि तयार गरिएको बेलुन पड्किएर पोखराका मेयर धनराज आचार्य घाइते हुनुभएको छ । भ्रमण वर्ष लेखिएको ब्यानर सहितको बेलुन उडाउने क्रममा पड्किएको हो ।
उहाको उपचारका लागि अस्पताल लगिएको छ । चोट सामान्य रहेको बताइएको छ ।
सोही बेलुन पड्किँदा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल भागेर मञ्चतर्फ पुग्नुभए थियो । अर्थमन्त्री पौडेल पनि सामान्य घाइते हुनुभएको छ । पौडेलको कपाल जलेको छ भने उहाको
गण्डकी अस्पतालमा प्रारम्भिक उपचार गरिएको छ । उहाहरु आजै काठमाडौं आउनु हुने कार्यक्रम छ ।

