तुलसीपुरमा डाटा प्रोफाईल अनावण

By Sushil Basnet २० माघ २०८१, आईतवार ०१:१० २० माघ २०८१, आईतवार ०१:१० २० माघ २०८१, आईतवार ०१:१०

तुलसीपुर,२०माघ

तुलसीपुर उपमहानगरपालिकाले डाटा प्रोफाईल तयार गरेको छ । डाटा प्रोफाईलको शनिबार तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले अनवारण गर्नुभएको हो । कामको पारदर्शीता,जवाफदेहिता र उत्तरदायीत्व बोध गर्न प्रबिधिले मद्धत गर्ने बताउनुभयो ।
ईसेवाबाट सेवाप्रबाह गर्दा आम नगरबासिलाई धेरैनै सजिलो महसुस गरेको आफुले पाएको नगरप्रमुख खड्काले बताउनुभयो ।
डाटाको माध्यमबाट योजना बनाउन,कामलाई छिटो छरितो हुने,घरबाटै काम गर्न सकिने भएकाले प्रबिधिमैत्री तुलसीपुर बनाउन लागिएको उहाँले बताउनुभयो ।
पूर्व नगरप्रमुख घनश्याम पाण्डेले सबैभन्दा शक्तिशालि भनेकै डाटा हो भन्नुभयो । तथ्यांकमा खेल्ने र बोल्ने ब्यक्तिको ब्यक्तित्व नै माथि हुने बताउनुभयो ।
सो अवसरमा तुलसीपुर उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत धनराज गौतम, तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ का पूर्व अध्यक्ष नवराज लामिछाने,पत्रकार सुशील बस्नेत,द एशिया फाण्डेसनका आर्या,तुलसीपुर उपमहानगरपालिकाका सुचना शाखाका प्रमुख बाबुराम आचार्य लगायतले बिभिन्न सुझाब दिनुभएको थियो । कार्यक्रममा ओपन नलेजका निकेश बलामीले डाटाका बिषयमा प्रस्तुतिकरण गर्नुभएको थियो भने कार्यक्रमको सहजिकरण ग्रीन फाउन्डेसनका सुरेश रावतले गर्नुभएको थियो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *