ब्रेकिङ न्युज
Fri. Dec 5th, 2025

अमृत काजी शर्मा  

तुलसीपुर, ११ माघ 

नेपाल लेखापढी कानुन ब्यवसायी इकाई समिति तुलसीपुरको दशौ बार्षिक साधारण सभा शुक्रवार तुलसीपुरमा सम्पन्न भएक छ | 

ईकाइ समितिका अध्यक्ष शोभाखर न्यौपानेको अध्यक्षता तथा नेपाल लेखापढी कानुन ब्यवसायी केन्द्रिय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश संयोजक अर्जुन के.सी.को प्रमुख आतिथ्यतामा साधारण सभाको उद्घाट्न सत्र सम्पन्न भएको हो | 

कार्यक्रम प्रमुख अतिथी एवं केन्द्रिय उपाध्यक्ष अर्जुन बहादुर क्षेत्रीले लेखापढी पेसालाई ब्बिचौलियाको संग्ज्ञा दिने गरेकोमा आक्रोस व्यक्त गर्नुभयो | 

उहाल भन्न्नुभयो , सरकारले निमानुसार दिएको जिम्मेवारी पुरागर्दै आएका छौ | अर्को प्रसङ्गमा भन्नुभयो , हाम्रो संगठनलाई राजनितिक दलहरुवाट पनि हस्तक्षेपमा परिरहेको बताउनुभयो ।सोहि अवसरमा मालपोत कार्यालय तुलसीपुरका प्रमुख खिम बहादुर खड्काले नागरिको सेवाकालाई थापा प्रभावकारी बनाउन लेखापढी कानुन ब्यबयीहरुले सहजिकरण गर्दै आएको र मालपोतले सेवा दिने कार्य भई रहेको जानकारी दिनुभयो | लेखा    पढी र मालपोत कार्यालयले नागरिकको सेवा प्रवाह सरकाले बनाएका ऐन कानुन बमोजिम नै भएको बताउनुभयो | 

सभाको उदघाटन सत्रमा बोल्ने अधिकांश बक्ताहरुले मालपोत, नापी कार्यालयले प्रदान गर्ने सेवामा सहजीकरण गर्न लेखापढी ब्यवसायीहरुले खेल्लु पर्ने भुमिका बारेमा धारणा राखेका थिए ।

कार्यक्रममा इकाइ समिति घोराहीका अध्यक्ष पर्शुराम डाँगी , इकाई समिति लमहीका अध्यक्ष धुप नारायण चौधरी, केन्द्रका प्रचार बिभाग प्रमुख नेप बहादुर वली, केन्द्रिय लेखा संयोजक दोर्ण प्रसाद आचार्य, नापी कार्यालय तुलसीपुरका सर्वेक्षक देव बहादुर वली लगाएतले शुभकामना ब्यक्त गर्नुभएको थियो । सस्थाका अध्यक्ष शोभाखर न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण सचिव कालिबहादुर चौधरीले गर्नुभएको थियो | उक्त साधारण सभाको बन्द सत्रवाट नयाँ कार्य समितिका लागि निर्वाचन हुने छ । त्यसवासरमा इकाई समितिका जेष्ठ सदस्य शेवकराम आचार्यलाई सम्मान गरिएको थियो। 

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *