तुलसीपुर, माघ ११
नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदीय ब्यबस्थामा दुई ठूला दल मिलेर सरकार गठनको अभ्यास नरहेको बताउनु भएको छ ।
पार्टीको नगर स्तरीय अधिबेशन तथा सरकारका विरुद्वको खवर सभालाई तुलसीपुरमा शुक्रबार सम्बोधन गर्नुहुदै पुर्ब प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष प्रचण्डले विश्वको कुनै पनि देशमा दुई ठुलादल मिलेर सरकार गराउने अभ्यास नै छैन तर नेपालमा कृत्तिम तथा अप्राकृतिक अभ्यास नेकपा एमाले र नेपाली काग्रेसले गरेको जिकिर गर्नुभयो | ३२ सिटको आफ्नो पार्टीले सरकारको नेतृत्व गर्दा काँग्रेस र एमाले ठुला पार्टीका गलत गर्ने नेताहरु माथि कारबाहीको डण्डा चलाएको स्मरण गराउनुभयो | त्यहि कारण आँफु विरुद्ध माओबादी विरुद्ध षडन्त्र भएको उहाले बताउनु भयो |
बिभिन्न घटनामा संलग्न भएका नेताहरु समेत कनुनी कारबाहीमा पर्न थाले पछी आफ्नो नेतृत्वको सरकारका विरुद्व मध्य रातमा दलाल, पूजीपति र बिचौलियाको भरमा अहिलेको सरकार गठन भएको प्रचण्डले आरोप लगाउनुभयो | सुशासनका पक्षमा कुरा गर्दै गर्दा , मानवतस्करका विरुद्धमा कारबाही चलाउँदा, गिरि बन्धु टिस्टेट, ललिता निवासका बारेमा कारबाही गर्दै गर्दा आँफुहरु माथि षड्यन्त्र भएको अध्यक्ष प्रचण्डको आरोप थियो ।
मन्तव्यको अधिकांश समय अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीका बिरुद्वमा बिताउनुभयो |
पुर्ब प्रधानमन्त्री प्रचण्डले नेकपा (एमाले) का अध्यक्ष ओली नेतृत्वको अहिलेको सरकार अबैध बताउनुभयो ।
अहिलेको सरकार असैंबैधानिक, अबैधानिक र गैरकानुनी रहेको उहाको आरोप छ ।