मिसन ८४ मा प्रचण्ड,पार्टीको अबस्था २०६४ कै स्थीतमा फर्काउने योजना

By Sushil Basnet ११ माघ २०८१, शुक्रबार ०६:४७ ११ माघ २०८१, शुक्रबार ०६:४७ ११ माघ २०८१, शुक्रबार ०६:४७

दाङ ,११ माघ
नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार दाङ आईपुग्नुभएको छ । नेकपा माओबादी केन्द्र तुलसीपुर नगरस्तरीय अधिबेशनलाई सम्बोधन गर्न माघ ११ गते तुलसीपुर आईपुग्नुभएको हो । अध्यक्ष प्रचण्ड दाङमा
तुलसीपुर, ११ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विभिन्न कार्यक्रमलाई सम्बोधन दाङ पुग्नुभएको छ।
उहाँले आज तुलसीपुरको अरनिको मैदानमा हुने पार्टीको नगर अधिवेशन उद्घाटन तथा खबरदारी सभालाई सम्बोधन गर्दै हुनुहुन्छ । नेपालगन्जबाट विहान तुलसीपुर स्थीत बटोलपुरमा सहिद परिवारसँग भेटघाट गर्नुभएको छ ।
अध्यक्ष प्रचण्डले तुलसीपुरको सभापछि सहिदस्मृति आवासीय माविमा पुगेर सहिद सन्ततिसँग भेटघाट, साझ घोराहीमा उद्योगी व्यापारीसँगको भेटघाट तय भएको छ।
उहालाई नेकपा माओबादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा, प्रदेश इन्चार्ज चक्रपाणी खनाल, स्थायी समिति सदस्य रेखा शर्मा, जिल्ला इन्चार्ज निर्मल आचार्य लगायत नेताहरुले स्वागत गर्नुभएको थियो।
अध्यक्ष प्रचण्ड भोली शनिबार घोराही र देउखुरीमा हुने कार्यक्रमलाई सम्बोधन गरी काठमाडौ फर्कनुहुने छ ।
असार ३१ गते प्रधानमन्त्रीबाट हटेपछि केही दिन निजी निवास खुमलटारमा आराम गरेका उहाले साउन १० गते यता पार्टीको आन्तरिक बैठक, विपक्षी दलहरू र समाजवादी मोर्चाको बैठकमा सक्रिय देखिनुभएको छ ।
सभालाई सम्बोधन गर्दैै प्रचण्डले २०६४ सालको निर्वाचनमा जस्तै माओवादीलाई बहुमत दिएमा देशबाट भ्रष्टाचार निर्मुल पार्ने दाबी गर्नुभएको छ ।
३२ सिट हुँदा त भ्रष्टाचारविरुद्ध सशक्त लडिरहेको बताउनुहुदै,२०६४ को निर्वाचनमा जस्तै २०८४ मा पनि बहुमत दिनुभयो भने नेपालबाट भ्रष्टाचारको जरो किलो उखेलिनेछ । फेरि एकपटक नयाँ लडाइँ लड्नुछ । त्यसका लागि तपाईंले साथ दिनुपर्नेछ ।’
माओवादी आफ्नै खुट्टा, आफ्नै एजेण्डामा उभिने दाबी गर्दै प्रचण्डले भ्रष्टाचारीसँग समीकरण नगरिने पनि प्रस्ट पारे ।

यही पुस २३ गते सम्पन्न केन्द्रीय समिति बैठकमार्फत प्रचण्डले आफूमात्र नभइ पार्टीका सम्पूर्ण जबस÷मोर्चा, विभाग, पार्टीपंक्तिलाई जिम्मेवारी दिएर ‘जनतासँग माओवादी’ अभियान लिएर पालिकामा खटाउने तयारी गर्नुभएको छ । पदाधिकारीदेखि सबै केन्द्रीय नेताहरूलाई जिम्मेवारी दिनेगरी माघ ८ गते बसेको पदाधिकारी बैठकमा उहाले कार्यविभाजन प्रस्ताव पेस गर्नुभएको छ । अब बस्ने बैठकले जिम्मेवारी हेरफेरसम्बन्धी निर्णय गर्ने सो पार्टीका नेताहरूको भनाइ छ ।
जनयुद्धको अवसर पारेर माओवादीले पूर्व–पश्चिम मध्यपहाडी केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय केन्द्रीय समिति बैठकमार्फत गरेको थियो ।
उपमहासचिव गिरिराजमणि पोखरेलले समाजवादको आधार तयारका लागि माओवादीले नेतृत्व गरेको १२३ पालिकालाई नमुना बनाउने, पार्टी रुपान्तरण, जनपरिचालन अभियानकै उचाइमा प्रचण्डको भ्रमणलाई लिनुपर्ने बताउनुभएको छ ।
पार्टीको आन्तरिक बैठकमा प्रचण्डले अब पार्टी फेरि २०६४ मा फर्काउने गरी आफू देशव्यापी स्थानीय जनतामाझ जाने घोषणा गर्नुभएको छ । मंसिर १६ गते भएको स्थानीय तह उपनिर्वाचनमा माओवादीले सिटसहित झण्डै ४० हजार मत बढाएपछि उत्साहित हुनुभएको छ ।

६ महिनमा अध्यक्ष प्रचण्डका कार्यक्रम
भदौ ५ र ६ गते बागमती प्रदेशका केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूको बैठकमा सहभागी ।
भदौ ७ र ८ गते उपत्यका विशेष तथा सम्पर्क समन्वय प्रदेशमा परामर्श बैठकमा सहभागी ।
भदौ ९ र १० गते गण्डकी प्रदेश परामर्श समिति बैठकमा सहभागी ।
भदौ १२ र १३ गते सुदूपश्चिम प्रदेश परामर्श समिति बैठकमा सहभागी ।
भदौ १४ र १५ गते कर्णाली प्रदेशका परामर्श समिति बैठकमा सहभागी ।
भदौ १६ गते नेपालगञ्जस्थित रंगशालाको अवलोकन ।
भदौ १६ र १७ गते लुम्बिनी प्रदेश परामर्श समिति बैठकमा सहभागी ।
भदौ १८ गते महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर २ को कार्यक्रममा सहभागी ।
भदौ १८ र १९ गते पार्टीको तीन वटै केन्द्रीय आयोगका सदस्यहरूको बैठकमा सहभागी ।
भदौ २२ गते ललितपुर महानगरपालिका वडा नम्बर २१ खोकनामा लागेको १२ वर्षे मेलाको समापन कार्यक्रममा सहभागी ।
भदौ २२ र २३ गते कोशी प्रदेश परामर्श समिति बैठकमा सहभागी ।
भदौ २४ गते उदयपुरमा पार्टीको कार्यक्रममा सहभागी ।
भदौ २४ गते महोत्तरीको कार्यक्रममा सहभागी ।
भदौ २४ र २५ गते मधेस प्रदेश परामर्श समिति बैठकमा सहभागी ।
भदौ २५ गते सिरहामा आयोजित कार्यक्रममा सहभागी ।
भदौ २७ गते काठमाडौँको चन्द्रागिरि नगरपालिका १४ को कार्यक्रममा सहभागी ।
भदौ २७ र २८ गते ज।व।स।÷मोर्चा र केन्द्रीय विभागहरूको बैठकमा सहभागी ।
भदौ २९ गते विराटनगरमा भएको सभामा सहभागी ।
भदौ ३० गते झापामा आयोजित पार्टी प्रवेश कार्यक्रममा सहभागी ।
भदौ ३१ आश्विन १ गते प्रवास प्रदेश परामर्श बैठकमा सहभागी ।
असोज २ र ३ गते ज्येष्ठ कम्युनिस्ट मञ्च र केन्द्रीय सल्लाहकार परामर्श बैठकमा सहभागी ।
असोज १५ गते भक्तपुरमा आयोजित कार्यक्रममा सहभागी ।
असोज १६ गते काभ्रेमा बाढीपहिरो प्रभावित क्षेत्रमा अवलोकन ।
कात्तिक ३ गते चितवनमा जनयुद्धका वेपत्ता योद्धा दण्डपाणि न्यौपाने स्मृति सभामा सहभागी ।
कात्तिक ५ गते जुम्लामा आयोजित कार्यक्रममा सहभागी ।
कात्तिक ९ गते मकवानपुरको विभिन्न कार्यक्रममा सहभागी ।
कातिक १५ गते भक्तपुरमा आयोजित कार्यक्रममा सहभागी ।
कात्तिक २४ गते मकवानपुरको विभिन्न कार्यक्रममा सहभागी ।
कात्तिक २८ गते कीर्तिपुरको चुनावी सभालाई सम्बोधन ।
मंसिर ५ गते गोरखाको विभिन्न कार्यक्रममा सहभागी ।
मंसिर १३ गते कीर्तिपुरको चुनावी सभालाई सम्बोधन ।
मंसिर २५ गते चितवनको विभिन्न कार्यक्रममा सहभागी ।
मंसिर २७ गते धादिङको बेनिघाटमा आयोजित कार्यक्रममा सहभागी ।
मंसिर २९ गते रुपन्देहीको आयोजित विभिन्न कार्यक्रममा सहभागी ।
पुस १३ गते कञ्चनपुरको पुनर्वासमा आयोजित खबरदारी सभामा सहभागी ।
पुस १५ गते झापामा पार्टी प्रवेश कार्यक्रममा सहभागी ।
पुस १६ गते चितवनको भरतपुर महोत्सव कार्यक्रममा सहभागी ।
पुस १८ गते उदयपुरको विभिन्न कार्यक्रममा सहभागी ।
पुस २९ गते सिन्धुपाल्चोकको सुकुटेको विभिन्न कार्यक्रममा सहभागी । साथै पार्टीका नेता कार्यकर्ता, जनप्रतिनिधि र सुरक्षा अधिकारीसँग बाढीपहिरो प्रभावित क्षेत्रको पुनर्निर्माण लगायतका विषयमा जानकारी लिएको । सुकुटेदेखि बलेफीसम्म मर्निङ वाक गरेको ।
माघ ५ गते विराटनगरको ग्रामथान २ झोराहाठ पुगेर ज्येष्ठ नागरिकलाई सम्मान गर्नुको साथै विभिन्न कार्यक्रममा सहभागी ।
माघ ७ गते गोरखाको विभिन्न कार्यक्रममा सहभागी ।
माघ ८ गते चितवनको विभन्न कार्यक्रममा सहभागी ।
माघ १० गते सुर्खेत तथा बाँकेमा विभिन्न कार्यक्रममा सहभागी ।
माघ ११ गते नेकपा माओबादी केन्द्र तुलसीपुर नगरकमिटिको अधिबेसनको उद्घाटन र खबरदारी कार्यक्रममा सम्बोध

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *