दाङ २५ कार्तिक

लुम्बिनी प्रदेशका दुई प्रादेशिक अस्पतालसहित १३ वटा अस्पताल विकास समितिमा अध्यक्ष मनोनीत गरिएको छ । स्वास्थ्य मन्त्रालयले १३ वटै अस्पताल विकास समितिको अध्यक्षमा मनोनीत गरिएको हो । 

शाखा अधिकृत अमरबहादुर वलीका अनुसार राप्ति प्रादेशिक अस्पताल बिकास समितिको अध्यक्षमा बबई गाउपालिकाका दीपक शाह र लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा बुटवलका जीवनप्रसाद वझालाई  मनोनीत गरिएको छ ।

त्यस्तै गुल्मी अस्पतालमा ढुण्डिराज पोख्रेल, रामपुर अस्पताल पाल्पामा श्याम कान्त खनाल, अर्घाखाँची अस्पतालमा लिलाधर बस्याललाई अध्यक्षमा मनोनीत गरिएको छ । त्यस्तै कपिलवस्तु अस्पतालमा शिवलाल यादव, भीम अस्पताल भैरहवामा डा अनन्तकुमार शर्मा, पाल्पा अस्पतालमा चोपलाल गिरी, रुकुमपूर्व अस्पतालमा सुनिलकुमार रोका, पृथ्वीचन्द्र अस्पताल नवलपरासीमा दुलारी हरिजन ,प्युठान अस्पतालमा सुवास केसी, र रोल्पा अस्पतालमा शेरबहादुर थापालाई मनोनीत गरिएको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *