तुलसीपुर,१९ पुस
तुलसीपुरमा Master of Business Administration एम बि ए कक्षाको सञ्चालन शुरु भएको छ । ज्ञान ज्योति कलेजमा एम बि ए कक्षा सञ्चालन भएको हो । शुक्रबार कलेजमा आयोजित अन्तरक्रिया कार्यक्रममा बिद्यालयका सि ई ओ एबम प्रीन्सिपल सुरेन्द्र जिसीले Master of Business Administration एम बि ए का बिद्यार्थीहरु हरेक क्षेत्रमा अवसर प्राप्त गर्न सक्ने बताउनुभयो । ३० जना बिद्यार्थी कोटा रहेकोमा २ बर्षे र ४ सेमेस्टरको कक्षा हुने Master of Business Administration एमबिए कक्षा यस क्षेत्रका कलेजमा पढाई हुने पहिलो कलेज ज्ञान ज्योति कलेज रहेको जानकारी गराइएको थियो । ज्ञानज्योति कलेजमा बिभिन्न संकायमा अध्यापन गराईन्छ भने नेपालकै उत्कृष्ठ मध्येको रहेको छ ।
कार्यक्रममा मानव अधिकारकर्मी एबम पत्रकार सुशील बस्नेतले प्राबिधिक क्षेत्रमा समेत ब्यबस्थाकिप हिसावले महत्वपूर्ण भूमिका खेल्ने जनशक्तिको खोजी भई रहेको बताउनुभयो । त्यसैले अवको शिक्षा प्रशासनिक र ब्यबस्थापनको सीप हुने ब्यक्तिको माग भईरहेको हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
एन आई सी एशिया बैक तुलसीपुर शाखाका प्रमुख राजीव वलीले Master of Business Administration एम बि ए कक्षा सञ्चालन हुनु स्वागत योग्य भएको बताउनुभयो ।
सोही अवसरमा सिद्धार्थ बैक तुलसीपुरका प्रमुख किरण आचार्यले ब्यबसायिक योजना र ब्यबस्थापनको पक्षमा बलियो सिप नै Master of Business Administration एम बि ए अध्ययन गरेका जनशक्तिमा हुने चर्चा गर्नुभयो । सानीमा बैक तुलसीपुर शाखाका प्रमुख प्रणय भुषाल,ग्लोवल बैकं तुलसीपुरका प्रमुख ध्रव खनाल र ज्ञान ज्योती कलेज लिडर्स सि ई ओ जितेन्द्र घिमिरेले खोज तथा अनुसन्धानबाट ब्यबस्थापकि र प्रशासनिक क्षेत्रबाट अहम भूमिका खेल्न जनशक्ति उत्पादन हुने बिश्वास ब्यक्त गर्नुभयो । ज्ञान,सिप र क्षमतामा योग्य हुने यस संकायका बिद्यार्थीहरुमा नेतृत्व बिकास र आत्म बिश्वास बृद्धि हुनेमा उहाँहरुको बिश्वास छ । ज्ञान ज्योति कलेजका सि ई ओ एबम प्रीन्सिपल सुरेन्द्र जिसीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्वागत मन्तब्य बिद्यालयका एकाडेमिको अर्डिनेटर शरद गौतमले स्वागत मन्तब्य र सञ्चालन पत्रकार सन्तोष केसीले गर्नुभएको थियो । उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका नवनिर्वाचित कार्यसमिति, महासंघको राष्ट्रिय र प्रदेश परिषद् सदस्यहरुलाई बधाई ज्ञापन समेत गरीएको थियो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *