ब्रेकिङ न्युज
Fri. Apr 17th, 2026

२४ कार्तिक, दाङ

११५ औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जन्मजयन्तीको सन्दर्भमा मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार र १५ वटा स्रष्टा सम्मान पुरस्कार काठमाण्डौँ र दाङमा आयोजित विशेष कार्यक्रममा प्रदान गरेको छ ।
कार्तिक २४ गते दाङको तुलसीपुरमा आयोजित कार्यक्रममा स्रष्टा मधु हमाललाई वर्ष २०८० को गणेशबहादुर श्रेष्ठ स्रष्टा सौगात पुरस्कार उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचनले प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा सम्बोधन गर्नुहुदै मुख्य न्यायाधीश वागचनले मानव अधिकार र शान्तिको प्रबद्र्धनमा साहित्यकारहरुको ठुलो भूमिका रहेको चर्चा गर्नुभयो ।
सम्मानीत ब्यक्ति मधु हमालले शान्ति समाजले खेल्दै आएको राष्ट्रिय सवाललाई आफुले नजिकबाट नियाल्दै खुशी प्रकट गर्नुभयो ।
शाखा सभापति कोमल डि.सीको सभापतित्वमा सम्पन्न कार्यक्रममा शान्ति समाजका निवर्तमान केन्द्रीय बरिष्ठ उपसभापति एवम पुरस्कार छनौट समितिका सदस्य सुशील बस्नेत र सचिव निर्मल नेपालीले विषयमाथि प्रकाश पार्नुभएको थियो ।
९ जना स्रष्टाले रचना प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा स्वागत जिल्ला सदस्य निर्मला गौतम र सहजिकरण सचिव अमृत शर्माले गर्नुभएको थियो ।
यसैबिच २०८० कार्तिक २४ गते काठमाण्डौमा सम्पन्न कार्यक्रममा वर्ष २०७९ को रु. १ लाख १० हजार राशीको कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार श्री मिठाईदेबी बिश्वकर्मालाई उच्च अदालतका पूर्व मुख्य न्यायाधीश शेषराज शिवाकोटीले अर्पण गर्नुभएको थियो ।
यसैगरी अग्रज स्रष्टा राजेन्द्र बिमललाई शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले वर्ष २०८० को चन्द्रकला खनाल अहिंसा स्रष्टा सम्मान अर्पण गर्नुभएको थियो । सोही कार्यक्रममा स्व. राजेश्वर नेपालीलाई प्रदान गरिएको महाप्रसाद रिजाल लोकतन्त्र स्रष्टा सम्मान उहाँका सुपुत्र जनप्रतिनिधि राघवेन्द्र साहले ग्रहण गर्नुभएको थियो ।
यस्तै डा.रामप्रसाद ज्ञवालीलाई राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान, सुलोचना मानन्धरलाई कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मान, डा. कृष्णराज चौधरी सर्वहारीलाई ज्ञानप्रसाद खनाल सहिष्णुता स्रष्टा सम्मान, प्राध्यापक डाक्टरा. सावित्री कक्षपतीलाई पवित्रादेवी चौलागाई मानव अधिकार स्रष्टा सम्मान, प्रा.नवराज पाण्डेयलाई मानबहादुर रावल वातावरण स्रष्टा सम्मान, मुकुन्द आचार्यलाई जोगमाया बराल स्रष्टा सौगात, बाजुराम पौडेललाई भूमिप्रसाद बराल स्रष्टा सौगात, कमलादेवी हेमचुरीलाई जनककुमारी रेग्मी स्रष्टा सौगात, लीला रानालाई श्रीप्रसाद दाहाल स्रष्टा सौगात, मधुराज केरुङलाई राधादेवी दाहाल स्रष्टा सौगात, हंसावती कुर्मीलाई पद्यप्रसाद दाहाल स्रष्टा सौगात पुरस्कारद्वारा सम्मानित गरिएको थियो भने श्रीनारायण दाहाल स्रष्टा सौगातद्वारा सम्मानित मधु शाही बस्नेत हुम्लामा रहनुभएका कारण उहाँको नातेदारले पुरस्कार ग्रहण गर्नुभएको थियो ।
उहाँहरुलाई स्रष्टा अशेष मल्ल, शान्ति समाजका सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, पूर्व सभापति होमकान्त चौलागाई, संस्थापक महासचिव सुवास ढकाल, वरिष्ठ उपसभापति कृष्णबहादुर रावल, सचिव रामप्रसाद जोशी र चन्द्रमणी बञ्जारा, कोषाध्यक्ष किरण ढकाल, पूर्व कोषाध्यक्ष जगन्नाथ पुडासैनी, केन्द्रीय सदस्य नम्रता खरेल र रामबाबु दाहालले पुरस्कार अर्पण गर्नुभएको थियो । सबै पुरस्कारको राशी रु. २० हजार रहेको छ ।
कार्यक्रममा समसामयिक विषयमा स्रष्टा अर्जुन पराजुलीले र महाकवि देवकोटाप्रति श्रद्धासुमन सहित स्रष्टा रत्ननीधि रेग्मीले कविता प्रस्तुत गर्नुभएको थियो भने उपसभापति राजेन्द्र पौडेल, महासचिव रेनुका पौडेल र सचिवहरु लक्ष्मीनारायण मिश्र र प्रकाश शाहीले स्रष्टा सम्मान पुरस्कार लगायत सम्मानित व्यक्तित्वहरुको बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा सम्मानित स्रष्टाहरुले आफ्नो रचना प्रस्तुतिका साथै मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सभापतित्व समाजका सभापति रामकृष्ण बरालले गर्नुभएको थियो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *