मंसिर २७
नेपाल पत्रकार महासंघ दाङको नयाँ नेतृत्वमा सन्तोष सुबेदीको निर्विरोध चयन हुनुभएको छ । जिल्लास्थित संघ, संगठनबीच सहमति भएपछि बुधबार भएको मनोनयनमा एकल उम्मेदवारी दर्ता भएको हो । महासंघ दाङको उपाध्यक्षमा ओपेन्द्र बस्नेत र नारायणी रजौरे, सचिवमा जे।एन।सागर, सहसचिवमा प्रकाश चौधरी, बसन्त परियार र कोषाध्यक्षमा अमरराज भण्डारी निर्विरोध निर्वाचित हुनुभएको छ । यस्तै सदस्यहरुमा कृष्णप्रसाद न्यौपाने, छविलाल पुरी, जंगबहादुर रेउले, टेकबहादुर पुन, नारायणप्रसाद नेपाल, रमा नेपाली, सन्तोष खनाल, सरिता चौधरी, सुमन केसी, सुरक्षा चौधरी र हेमराज नेपाली चयन हुनु भएको छ ।

यसैगरी राष्ट्रिय परिषद् सदस्यहरुमा सुशीलकुमार बस्नेत, शरद अधिकारी,सुलोचना गौतम र दिप्तीशिखा चौधरी चयन हुनुभएको छ भने प्रदेश परिषद् सदस्यमा अमरराज आचार्य, उदय विसी, उमा भण्डारी, कुलदीप न्यौपाने, गिरिराज नेपाली, चन्द्रप्रकाश नेपाली, दशरथ घिमिरे, निमुसंगम घर्ती, यमकला भुसाल र शिवराज पन्थी चयन हुनुभएको छ । निर्वाचन समितिले भने निर्विरोध चयन भएको घोषणा गर्न बाँकी छ । जिल्लामा निर्विरोध चयन भए पनि प्रदेश र केन्द्रीय समिति निर्वाचित गर्न यही मंसिर २८ गते मतदान हुँदैछ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *