२५ मंसिर
आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ । हरेक वर्ष डिसेम्बर १० तारिखका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको स्मरण गर्दै यो दिवस मनाईन्छ । दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाजले देशका बिभिन्न जिल्लामा विभिन्न कार्यक्रमका साथ मनाउदैछ भने मानव अधिकारको क्षेत्रमा काम गर्ने संघसंस्थाहरुले पनि दिवस मनाईरहेका छन् ।
यस वर्षको अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको नारा ‘हाम्रो अधिकार, हाम्रो भविष्य र अहिले’ रहेको छ ।
कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका अनुसार २०७५ सालदेखि हरेक वर्ष मानव अधिकारको सरंक्षण र सम्वर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्ति वा संस्थालाई मानअधिकार पुरस्कार प्रदान गरिंदै आइएको छ । ‘मानव अधिकार पुरस्कार कोष सञ्चालन नियमावली, २०७५’ बमोजिम स्थापना भएको कोषबाट उक्त पुरस्कार दिँदै आइएको हो । यस वर्ष भने नियमावलीले तोकेको योग्यता र कार्यविधिअनुसार प्रक्रिया पूरा नभएकाले पुरस्कार प्रदान नगरिने मन्त्रालयले स्पष्ट पारेको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *