मंसिर २४ गते
बिद्यार्थीको चौतर्फी बिकासका लागि गरिने बिभिन्न क्रियाकलाप मध्ये हिमाल एकाडेमीे तुलसीपुरले संयुक्त राष्ट्र महासभाको नमुना अभ्यास शुरु गरेको छ । कानुन संकायका बिद्यार्थीहरुले आयोजना गरिएको ३ दिवसीय संयुक्त राष्ट्र महासभाको नमुना अभ्यासमा बैठक सञ्चालन, सम्बोधन, ऐजेण्डा र महासभाबाट पारित गरिने तरीकाका बारेमा जानकारी लिने बिद्यालयका प्रचार्य मधुसुदन केसीले जानकारी दिनुभयो । नेपालमा परम्परागत शैलिमै सभा बैठक सञ्चालन भई रहदा उक्त बिद्यालयका कानुन संकायका बिद्यार्थीले बिश्व बजारमा समेत उपयोग हुनेखालको पद्धती सिक्न लागेको उक्त नमुना महासभाका महासचिव प्रशंसा के.सी.ले जानकारी दिनुभयो ।
नमुना महासभाको उदघाटन सभामा तुलसीपुर उपमहानगरपालिकाका निर्वतमान नगरप्रमुख घनश्याम पाण्डेले संयुक्त राष्ट्र महासभामा सहभागि हुदाका बिभिन्न समयका अनुभव सुनाउनु भएको थियो । केही दिन अघि संयुक्त राष्ट्र महासभाको जलबायु परिवर्तन सम्बन्धि महासभा भाग लिई फर्किएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, अव बिद्यार्थीहरुबाट आधुनिक शैलिमा बैठक,सभा सञ्चालनमा फरक पन ल्याउनुपर्ने सुझाब दिनुभयो ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६का अध्यक्ष दुजमान भण्डारीले नमुना कार्यको रुपमा यसको बिकास हुने अपेक्षा गर्नुभयो । आफुले नेतृत्व गरेको वडाका बिभिन्न तह र निकायले अनुशरण गर्न योग्य काम भईरहेकोमा खुशी ब्यक्त गर्नुभयो ।
संवाद समुहका बरिष्ठ सहजकर्ता सुशील बस्नेतले २१औ शताब्धिका पुस्ताले पनि पुरानै शैलिको निरन्तता भईरहेको भन्दै अव नयाँ बिधि र प्रक्रियाबाट बैठक तथा सभा सञ्चालन गर्नुपर्ने सुझाब दिनुभयो ।
सो अवसरमा तुलसीपुर नगर जेसीजका अध्यक्ष पुर्ण बिक्रम डाँगी,हिमाल एकाड्ेमीका अध्यक्ष बिनय मिश्र, बिद्यालयका प्रचार्य मधुसुदन केसीले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
संयुक्त राष्ट्र महासभाको नमुना अभ्यासका लागि प्रसंसा के.सी.को नेतृत्वमा ६ सदस्यीय कमिटि गठन गरिएको छ । नमुना महासभा मंसिर २६ गते सम्म सञ्चालन हुने छ ।
कार्यक्रमको सहजिकरण बिद्यालयका प्रधानाध्यक नबिनकुमार पराजुलीले गर्नुभएको थियो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *