मंसिर २२ गते
सत्य निरुपणत तथा मेलमलिप र बेपत्ता छानबिन आयोग राजनीतिक दलको प्रभावमा पर्ने भएकाले हाल सम्म संक्रमणकालिन न्यायले सार्थक परिणाम प्र्राप्त हुन नसकेको तुलसीपुरमा आयोजित कार्यक्रमका सहभागिहरुले बताएका छन । नेपाल पिसबिल्डीङ ईनिसेटिभले आयोजनाले संक्रमणकालिन न्यायका सम्बन्धमा आयोजना गरिएको अन्तरक्रियामा द्धन्दपीडित परिवारका सदस्यहरुले राजनीतिक खेलमा सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन सम्बन्धि आयोग प्रभाबित हुदै आएको गुनासो गरेको हुन । द्धन्दकालमा पीताजी गुमाएका नबिन योगले २०५८ सालमा पीताजिलाई हत्या गरेको सुनाउनुभयो । तर हाल सम्म न्याय पाएका छैनौ । अर्का द्धन्दपीडित भेषराज डाँगीले २०६१ सालमा पीताजीको हत्या भएको बताउनुभयो । २२ बर्ष पुग्दा सम्म न्याय पाएका छैनौ, उहाँलेय भन्नुभयो । कार्यक्रममा सहभागिहरुले पीडितहरुले छिटोे न्याय पाउनुपर्ने,संक्रमणकालिन न्याय सम्बन्धि ऐन कार्यान्वयन गरिनुपर्ने,द्धन्दपीडितहरुको तथ्यांक संकलन गर्नुपर्ने,स्थानीय तहलाई थप अधिकार र जिम्मेवारी प्रदान गर्नुपर्ने, स्मृतिकरणको ब्यबस्था,मानव अधिकार उल्लघंन गर्नेलाई कारर्बाही गर्नुपर्ने लगायतका माग गरिएका छन् । सो अवसरमा बिभिन्न राजनीतिक दल,नागरिक समाज,कानुन ब्यबसायी,पत्रकार लगायतले बिभिन्न सुझाब दिएका थिए । प्रतिनिधि सभा सदस्य मैना कार्कीले प्राप्त सुझाब र जिज्ञासा राख्नुभएको थियो । भने एनपीआईका निपुसा घिमिरेले प्रस्तुतीकरण गर्नुभएको थियो ।
कार्यक्रमको सहजिकरण अधिकारकर्मी एबम पत्रकार सुशील बस्नेतले गर्नुभएको थियो ।
प्रभावमा नपर्ने आयोगका अध्यक्ष हुनुपर्छ ःद्धन्दपीडित

