मंसिर २२
सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई वटा आयोगका पदाधिकारीका लागि ५३ जना मध्ये सिफारिश समितिले ४० जनाको नाम छनोट गरेको छ । दुई वटा आयोगका पदाधिकारीका लागि एक सय ५६ जनाको आवेदन परेको थियो ।
समितिले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्षमा आठ र सदस्यमा ३२ जनाको नाम छनोट गरेको समितिका सदस्य एवम् प्रवक्ता खम्बबहादुर खातीले जानकारी दिनुभयो । उहाँका अनुसार अध्यक्ष पदका लागि डिल्लीराज आचार्य, अच्युतप्रसाद भण्डारी, विजय सिजापती, विश्वराज कोइराला, सुदीप पाठक, महेश थापा, शेरबहादुर केसी र काशीराज दाहालको नाम छनोट भएको छ ।