सुशील बस्नेत
दाङ २० मंसिर
हरेक वर्षको डिसेम्बर ५ मा मनाईने अन्तर्राष्ट्रिय स्वयंसेवक दिवश यसबर्ष पनि दाङमा मनाईएको छ । मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले स्वयसेवालाई अभियानको रुपमा बिकास गर्ने उदेश्यले तुलसीपुर स्थीत रानीघाटमा बिहीबार बिहान सरसफाई गरेको शान्ति समाजका केन्द्रिय सदस्य तुलसीराम सुनारले जानकारी दिनुभयो । शान्ति समाजले बर्षेनी यसदिवसलाई सामाजिक क्षेत्रमा स्वयंसेवाको भावका साथ सरसफाई, महिला स्वयंसेवीका,बिभिन्न क्षेत्रमा स्वयसेवाका साथ काम गर्दै आएका संघसंस्थाहरुसँग नागरिक र्सवाद लगायतका कार्यक्रम गर्दै आएको केन्द्रिय सदस्य सुनारले बताउनुभयो ।
रानीघाटमा सरसफाईका लागि बिहान ८ बजे शुरु हुदा त्यसआसपासका स्थानीयहरुको ठुलो संख्यामा समेत उपस्थीति भएको शाखा सचिव माधव बस्नेतले बताउनुभयो । रानीघाट टोल बिकास संस्थाका उपाध्यक्ष आनीमाया न्यौपानेले बताउनुभयो । रानीघाट दाहसंस्कार घाटमा अन्त्यष्टि पछि सरसफाई गर्ने आनीबानि नै नभएकाले फोहरको डुंगर मात्र हुने गरेको र जसका कारण समुदायमा वातावरणिय असर पर्ने बताउनुभयो ।
सरसफाई कार्यक्रम पछि आयोजित कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सचिव निर्मल नेपाली,जेष्ठ नागरिक समाज लुम्बिनी प्रदेशका अध्यक्ष खुमानन्द अधिकारी,रानी घाट टोल बिकास संस्थाका अध्यक्ष उत्तमकुमार आचार्य र उपाध्यक्ष आनीमाया न्यौपाने,अमर बोडिङका अध्यक्ष केशरी प्रसाद अधिकारी, पुल्चोक टोल बिकास संस्थाका अध्यक्ष डल्लु चौधरी,समाजसेवी एकराज ढकाल र पिताम्वर आचार्य लगायतले सरसफाईको निरन्ताका लागि उपमहानगरपालिका र अन्त्यष्टिमा आउनुहुने सबै पक्षको सक्रिया भूमिका हुनुपर्नेमा जोड दिनुभयो ।
शान्ति समाज दाङका सभापति कोमल डिसीको सभापतित्वमा भएको कार्यक्रममा शान्ति समाजका निर्वतमान बरिष्ठ उपसभापति सुशील बस्नेत,केन्द्रिय सदस्य तुलसीराम सुनार,शाखा सदस्य ललित गुप्ता र आजिवन सदस्य संजोग गिरीको समेत सहभागिता रहेको थियो ।
संयूक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय स्वंसेवक दिवस मनाउने गर्दछ । सदस्य राष्ट्रहरु लगायत संसारभरिनै यस दिन विभिन्न कार्यक्रम गरेर स्वंसेवक दिवस मनाउने चलन छ ।