ब्रेकिङ न्युज
Sat. Apr 18th, 2026

सुशील बस्नेत
दाङ,१० मंसिर
‘हामी सबैको प्रतिबद्धता लैंगिक हिंसा अन्त्यका लागि अभियान’ भन्ने राष्ट्रिय नाराका साथ ३३औँ अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सोमबार सुरु भएको छ ।
लैङ्गिक रूपमा हुने हिंसा नियन्त्रणको लागि विश्वव्यापी अभियानको रूपमा लिइने यो दिवस मंसिर १० देखि सुरु भएर मंसिर २५ अर्थात नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने गरिन्छ ।
यस्तै, अन्तर्राष्ट्रिय नारा भने बेइजिङ घोषणापत्र र कार्यान्वयनको ३० वर्ष महिला विरुद्धको हिंसा अन्त्यका लागि एकजुट बनौँ भन्ने रहेको छ ।
यो १६ दिनको अवधिमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दिवस पनि पर्ने भएकोले नेपालमा सरकारी तथा गैर सरकारी संस्थाले विभिन्न कार्यक्रमहरू गरी मनाउने गरेका छन । यसैबिच मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले लैङिक हिंसा बिरुद्धको १६ दिवसीय अभियानमा ऐक्यबद्धता जनाएको छ । शान्ति समाजले ऐक्यबद्धताका साथ दिप प्रज्वलन समेत गरेको हो । शान्ति समाजका सभापति कोमल डिसीको सभापतित्वमा तुलसीपुर स्थीत बिपी चौकमा शान्ति दिप प्रज्वनल गरिएको केन्द्रिय सदस्य तुलसीराम सुनारले जानकारी दिनुभयो । सो अवसरमा शान्ति समाजका केन्द्रिय सचिव निर्मल नेपाली र तुलसीपुर शान्ति नमुना महिला संसदका सभामुख सीमा न्यौपानेले बोल्नुभएको थियो । शाखा सचिव माधव बस्नेतले सञ्चालन गरिएको कार्यक्रममा उपसभापति अमृत प्रसाद शर्माले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *