ब्रेकिङ न्युज
Wed. Mar 4th, 2026

सहकारीको रकम अपचलन गरेको आरोपित लामिछानेसँग आजदेखि काठमाडौंमा बयान

मंसिर १४
पोखराबाट बिहीबार जहाजमा ल्याइएका रास्वपा सभापति रवि लामिछानेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं प्रहरी परिसर लगिँएको छ ।
स्वर्णलक्ष्मी सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोप काठमाडौंमा बयान सकेपछि लामिछानेलाई पोखरा नै फर्काइएको हो ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको कसुरमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई बिहीबार साँझ काठमाडौं पुर्‍याइएको छ ।
काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बचत सहकारीको रकम अपचलनका विषयमा बयान लिन उहालाई जहाजमार्फत काठमाडौं लगिएको हो ।
स्वर्णलक्ष्मी सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको सम्बन्धमा जाहेरी परेपछि काठमाडौं प्रहरी परिसरले लामिछानेविरुद्ध मंसिर २ मा पक्राउ पुर्जी जारी गरेको थियो । उहालाई अहिले काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिएको छ । उनीसँग जिल्ला सरकारी वकिल कार्यालयमा शुक्रबारदेखि बयान लिने तयारी छ ।
कास्कीमा जस्तै काठमाडौंमा पनि लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेको छ । काठमाडौंमा बयान सकिएपछि लामिछानेलाई कास्की नै फिर्ता गरिनेछ ।
गोर्खा मिडियाका पूर्वप्रबन्ध निर्देशक लामिछाने पोखराको सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा गत कात्तिक २ मा पोखरामा पक्राउ परेका छन् । कास्की जिल्ला अदालतले आइतबार पाँचौपल्ट म्याद थप्दै १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।
सूर्यदर्शन सहकारीसँग सम्बन्धित बयान भने सकिएको प्रहरीका एक अधिकारीले बताएका छन् । बुटवलको सुप्रिम सहकारीको बचत अपचलनमा पनि जोडिएका लामिछानेलाई यसअघि रूपन्देही जिल्ला सरकारी वकिल कार्यालयमा पुर्‍याएर बयान लिइएको थियो ।
लामिछाने लगायतविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भएको छ । साहारा चितवन सहकारीको रकम ठगीको अनुसन्धानमा विरुद्ध पक्राउ पुर्जी जारी भए पनि लामिछानेलाई चितवन लैजाने वा नलैजानेबारे निर्णय भइसकेको छैन ।
उस्तै कसुरमा असोज ६ मा पक्राउ गरेर कास्की प्रहरीको हिरासतमा राखिएका गोर्खा मिडियाका पूर्वउपाध्यक्ष पूर्वडीआईजी छविलाल जोशीविरुद्ध पनि काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । जोशीलाई यसअघि नै बयानका लागि काठमाडौं लगेर फर्काएको छ ।
उनीसँग यसअघि जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीले पनि बयान लिएको थियो । वीरगन्जको सानो पाइला सहकारी र नेपालगन्जको समानता सहकारीबाट समेत गोर्खा मिडियामा रकम गएको देखिएकाले लामिछाने, जोशीलगायतका सञ्चालकमाथि अनुसन्धान गर्नुपर्ने संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले औंल्याएको थियो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *