कम्प्युटर अपरेटरबाट बढुवा भएकाहरुको समायोजनको बाटो खुला

By Sushil basnet २८ कार्तिक २०८१, बुधबार ११:५९ २८ कार्तिक २०८१, बुधबार ११:५९ २८ कार्तिक २०८१, बुधबार ११:५९

२८ कात्तिक

कम्प्युटर अपरेटरबाट बढुवा भएर विविध सेवा अन्तरगत कम्प्युटर अधिकृतका रुपमा कार्यरत कर्मचारीहरुलाई प्रशासनसहितका अन्य सेवा समूहतर्फ समायोजन र बढुवा हुन सर्वोच्च अदालतले

बाटो खोलिदिएको छ । सेवा प्रवेश गरेपश्चात वृत्ति विकासको अपेक्षा राख्नु कर्मचारीको अधिकारको विषय भन्दै सर्वोच्चले समायोजन र बढुवाको बाटो खोलिदिएको हो ।

कविता पोखरेल सुवेदीसहितका कर्मचारीले २०७५ सालमा दायर गरेको रिटमा सर्वोच्चले २ असोज २०८१मा गरेको फैसलाको पूर्णपाठमा भनिएको छ, ‘सामान्यतः वृत्ति विकासको सम्बन्धमा कुनै सेवा वा समूहको पदमा सेवा प्रवेश गरे पश्चात आफूसँग रहेको शैक्षिक योग्यता, तालिम र अनुभव समेतको आधारमा वृत्ति विकासको अपेक्षा राख्नु र प्राप्त गर्नु कर्मचारीको कानूनी अधिकारको विषय पनि हो ।’

नेपाल विविध सेवा अर्थात् प्राविधिक सेवाका कर्मचारीहरुले आफूहरुलाई अप्राविधिक सेवातर्फ समायोजन र बढुवा गर्नुपर्ने माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

सर्वोच्चले उनीहरुको शैक्षिक योग्यता, प्राप्त तालिम, दक्षता र क्षमता अनुकूल वृत्ति विकास हुने गरी ‘उचित सेवा समूहमा’ समायोजन तथा पदस्थापना गर्दा उचित हुने ठहर गरेको छ । यससँगै कम्प्युटर अपरेटरबाट कम्प्युटर अधिकृत पदमा बढुवा भएका कर्मचारीहरुको समायोजन वृत्ति विकास सम्बन्धी विवादको टुंगो लागेको छ । अब त्यस्ता कर्मचारीहरुले प्रशासनसहित अन्य सेवातर्फबाट बढुवा वा समायोजन हुन पाउनेछन् ।

निवेदकहरुसँग सम्बन्धित पदसँगको विशिष्ट प्रकारको क्षमता र ज्ञान समेत नभएको अवस्थामा विद्यमान शैक्षिक योग्यता र तालिमको आधारमा अप्राविधिक पदमा समायोजनको माग राखेकोमा निजामती सेवा ऐन बमोजिम अप्राविधिक सेवा समूहतर्फ समायोजन गर्नुपर्ने देखिएको अदालतले फैसलामा उल्लेख गरेको छ । यस्ता कर्मचारीलाई पदीय जिम्मेवारी अनुसारको कार्य जिम्मेवारी नदिई राख्न कानुनअनुसार नमिल्ने सर्वोच्चको ठहर छ ।

अदालतबाट यसबारे विभिन्न मितिमा भएका फैसलामा भएका व्याख्या र निजामती सेवा नियमावलीमा भएको व्यवस्थाको आलोकबाट समेत आफू कार्यरत रहेको सेवा समूहको पदमा समायोजनको दावी गर्नु वैधानिक अपेक्षाको सिद्धान्त समेतको आधारमा युक्तिसंगत रहेको फैसलामा उल्लेख छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *