सुशील बस्नेत
तुलसीपुर,२९ कार्तिक
तुलसीपुर शान्ति महिला नमूना संसदको कार्य सम्पादन समितिको बैठकले बिहीबार तुलसीपुर उपमहानगरपालिकाको आर्थिक बर्ष २०८१÷८२ को बजेट तथा कार्यक्रमको सुक्षम बिश्लेषण गरेको छ ।
महिला नमुना संसदका ७ वटा बिभिन्न समितिले बजेट तथा कार्यक्रमको अध्ययन गरि कार्य सम्पादन समितिमा बिषयगत रुपमा प्रस्तुत गरेका थिए ।
२०८० चैत महिनामा ३३ बुँदे ध्यानाकर्षण पत्र तुलसीपुर उपमहानगरपालिकाको कार्यालयमा पेश गरिएको थियो । सोही अनुसार आर्थिक बर्ष २०८१÷८२ को बजेट तथा कार्यक्रममा समाबेश भए नभएको बारेमा बिषयगत समितिले कार्य सम्पादन समितिमा प्रस्तुत गरेका थिए ।
सूचना, सञ्चार समन्वय र साझेदारी बिकास समितिका संयोजक लालमति भण्डारीले ३३ बुदेँ ध्यानाकर्षणमा ५ वटा बुँदा यस समितिबाट पेश गरिएको बताउनुभयो । तर थोरै मात्रामा मात्र आर्थिक बर्ष २०८१÷८२ को बजेट तथा कार्यक्रममा समाबेश भएको जानकारी दिनुभयो ।
राजनैतिक क्षेत्र बिकास समितिका संयोजक सरीता सुबेदीले ३ वटा बुँद्धा उक्त समितिमा भएपनि कुनै पनि रातोकितावमा समावेश नभएको गुनासो गुर्नभयो । उहाँको समितिले राजनीतिक क्षेत्रमा ५० प्रतिसत महिलाको सुनिश्चिताको नीति बनाउन माग गरेको थियो ।
शान्ति तथा मानव अधिकार समितिका संयोजक मधुमति सुनारले ३ वटा बुँदा मध्ये बाल बिबाह न्यूनिकरण लगायतका कार्यक्रम बजेट तथा कार्यक्रममा समाबेश भएको जानकारी गराउनुभयो ।
कानुन तथा सामाजिक न्याय समितिका संयोजक युवा कराराले ५ वटा बुँदा प्रस्तुत गरिएको भएपनि सामाजिक बिकासको क्षेत्रमा बजेट केही मात्रामा समाबेश भएको समितिले पाएको बताउनुभयो । मानव संशाधन विकास तथा श्रोत ब्यबस्थापन समितिका संयोजक लोकमाया पुनले ७ बुदाँ ध्यानाकर्षण पत्रमा राखिएको भएपनि अध्ययन गर्नका लागि तुलसीपुर उपमहानगरपालिकाको आर्थिक बर्ष २०८१÷८२ को बजेट तथा कार्यक्रमको रातो किताव नै प्राप्त गर्न नपाएको गुनासो गर्नुभयो । तर ७ बुँदा मध्ये केही बुँदा समाबेश भएको जानकारी पाएको बताउनुभयो । आर्थिक बिकास समितिका संयोजक कल्पना चौधरीले यस समितिले प्रस्तुत गरेको ६ बुँदा मध्ये केही बुँदालाई बजेट तथा कार्यक्रमले समेटेको र बजेट समेत बिनियोजन भएको खुशी ब्यक्त गर्नुभयो । तर कार्यान्वयनको पक्षमा भने अझै आशंका रहेको उहाँले बताउनुभयो । सांस्कृतिक बिकास समितिका सदस्य दिलमाया बिकले २ वटा बँुदा ३३ बुँदे ध्यानाकर्षणमा राखिएको भएपनि छाडा चौपाया ब्यबस्थापन जस्तो चुनौतिपूर्ण कार्यमा स्पष्ट ब्यबस्था सहितको आर्थिक बर्ष २०८१÷८२ को बजेट तथा कार्यक्रममा समाबेश नभएको हो की भनि आशंका ब्यक्त गर्नुभयो ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्का, उपप्रमुख स्यानी चौधरी, शान्ति महिला नमूना संसद कार्य सम्पादन समितिका सल्लाहकारत्रय नवराज लामिछाने,सुशील बस्नेत र माया श्रेष्ठ लगायतले बिभिन्न सुझाब दिनुभएको थियो । नमुना संसदका सभामुख सीमा न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत समितिका उपसभामुख सुष्मा गिरी र सहजिकरण प्रबक्ता प्रबक्ता नानीमैया वलीले गर्नुभएको थियो । महिला शान्ति नमुना संसद २०६५ सालमा स्थापना गरिएको थियो । यो समिति अनौपचारिक फोरम हो भने यसले स्थानीय सरकारलाई सवलीकरणमा मद्धत गर्दै आएको छ भने महिलाहरुलाई नेतृत्व बिकास र संसदीय प्रक्रियामा अभ्यास गर्ने थलोका रुपमा बिकास हुदै आएको छ ।