तुलसीपुर,२८ कार्तिक
राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङ्गले सूचनाको हक कार्यान्वनयनका लागि सूचनाको अद्यावधिक र स्वत ः सार्वजनिकीकरण गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभएको छ । राष्ट्रिय सूचना आयोगको आयोजनामा तुलसीपुर उपमहानगरपालिका कार्यालय प्रमुख, सूचना अधिकारी, सञ्चारकर्मी तथा सरोकारवालासँग बुधबार तुलसीपुरमा भएको कार्यक्रममा सूचनाको हकको ऐनको दफा ५ (३) र नियमावलीको नियम ३ अनुसार सार्वजनिक निकायले आफ्ना निकायसँग सम्बन्धित सूचना प्रत्येक तीन तीन महिनामा सार्वजनिक गर्नुपर्ने ब्यबस्था रहेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो सार्वजनकिक निकायले आफूसँग सम्बन्धित सूचना अद्यावधिक गर्नुपर्ने,सार्वजनिक निकायले सम्भव भएसम्म यो ऐन लागू हुनुभन्दा कम्तिमा २० बर्ष अघिसम्मका आफ्रु सँग सम्बन्धित सूचना अद्यावधिक गरी राख्नुपर्ने र त्यसका लागि सूचना अधिकारी अनिवार्य तोक्नुपर्नेमा जोड दिनुभयो ।
प्रमुख आयुक्त गुरुङ्गले सुचना दुरुपयोग गर्ने जो कोहीलाई पनि कारवाही गर्ने बताउनुभएको छ । सूचनाको हकको कुनै सीमा नहुने र यसलाई हल्का रुपमा पनि लिन नहुने बताउँदै उहाँले सम्बन्धित निकायबाट पाएको सूचनाको दुरुपयोग गरेको पाइएमा कारवाही गर्ने बताउनुभएको हो ।
‘सूचनाको हक हरेक क्षेत्र तथा निकायले कार्यान्वयन गर्नुपर्र्नेेमा जोड दिएका गुरुङ सूचना माग्नेलाई कानुनले व्यवस्था गरेअनुसार उपलब्ध गराउन निर्देशन दिनुभयो । अन्तरक्रिया कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले सूचनाको हक सम्बन्धि बनेको ऐन कार्यान्वयनमा तुलसीपुर उपमहानगरपालिका गम्भीर रहेको बताउनुभयो । उहाँले भन्नुभयो ऐनमा भएको ब्यबस्था अनुसार नै सूचनको अद्यावधिक गर्ने गरिएको छ ।
दाङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले पारदर्शी हिसावले सेवा प्रबाह गर्दा सुचनाको हकमा मद्वत पुग्ने बताउनु भयो |
सो अवसरमा तुलसीपुर उपमहानगरपालिकाका बिभिन्न शाखाका प्रमुख, शिक्षा क्षेत्र,स्वास्थ्य क्षेत्र, नागरिक, सञ्चारकर्मीहरुले सुझाव,गुनासो र जिज्ञासा राखेका थिए ।
राष्ट्रिय सूचना आयोगका उपसचिव युवराज अधिकारीले सुचनाको हक सम्बन्धि बनेको संबैधानिक तथा कानुनी ब्यबस्थाका विषयमा प्रस्तुतिकरण राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण दिनेश भट्टराईले गर्नुभएको थियो ।