तुलसीपुर,आश्विन २
प्रमाणको शुल्क चर्को लिएको गुनासो आएपछि तुलसीपुर उपमहानगरपालिकाले विद्यालयका लागि शैक्षिक प्रमाणपत्रको शुल्क निर्धारण गरेको छ ।
विद्यालयले नियम विपरीत विद्यार्थीहरुसँग चर्को शुल्क लिएको गुनासो आएपछि मंगलबार बसेको शिक्षा समितिको बैठकले मावि तहसम्मको प्रमाणपत्र शुल्क निर्धारण गरेको हो ।
शिक्षा शाखा प्रमुख चक्र भण्डारीका अनुसार १ देखि ५ कक्षासम्मको पाँच सय, ६ देखि ८ कक्षासम्मको एक हजार र ९ देखि १२ कक्षासम्मको तीन हजार रूपैयाँ शुल्क निर्धारण गरिएको छ ।पालिकाले निर्धारण गरेभन्दा धेरै शुल्क लिएको पाइए विद्यालयलाई कारवाही गरिने भएको छ ।
यो शुल्क तुलसीपुर उपमहानगरभित्रका सामुदायिक र संस्थागत विद्यालयमा कार्यान्वयन गरिने शिक्षा शाखाले जनाएको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *