असोज २ गते
लुम्बिनी प्रदेश सरकारले आज बुधबारदेखि तीन दिनसम्म विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउने निर्णय गरेको छ ।
तीन दिनसम्म प्रदेशस्थित सबै सरकारी कार्यालयहरुमा राष्ट्रिय झण्डा फहराउने, कार्यालय परिसरमा सरसफाइ गरिने, स्वास्थ्य मन्त्रालयको समन्वयमा स्वास्थ्य परिक्षण, रक्तदान लगायत कार्यक्रम हुने मुख्यमन्त्रीका प्रेस संयोजक दशरथ घिमिरेले जानकारी दिनुभयो ।
३ दिवशीय कार्यक्रम अन्तर्गत आज पहिलोदिन संविधान कार्यान्वयनको पहिलो दशक उपलब्धि र चुनौती’ विषयमा विज्ञसंग छलफल कार्यक्रम आयोजना गरिएको छ । संविधान दिवसकै अवसरमा १२ वटा जिल्ला अस्पतालहरुमा विरामीको निःशुल्क प्रयोगशाला परीक्षण तथा आकस्मिक टिकट निःशुल्क गरिने भएको छ । यस्तै आम नागरिकलाई तीन दिन आ आफ्नो घरको छत, बरण्डामा दिपावली गर्ने,असोज ३ गते संविधान दिवसको मुल समारोह अन्तर्गत प्रदेश राजधानीमा विभिन्न सांस्कृतिक झाँकी सहित बिहान प्रभातफेरी र असोज ४ गते प्रदेश सरकारका मन्त्रालय र निर्देशनालय तथा सरोकारवालाहरुको समन्वयमा वृहत वृक्षारोपण कार्यक्रम गरिने भएको छ ।
मुख्यमन्त्री चेतनारायण आचार्यले संविधान दिवसलाई जनस्तरबाट मनाउन आह्वान गर्नुभएको छ ।
लुम्बिनीमा तीन दिनसम्म विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाईदै

