भदौ २४ गते
रुकुम पश्चिमको मुसिकोट नगरपालिकाको रम्मा खोलाको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मुसिकोट नगरपालिका वडा नम्बर ६ र ७ को सिमानामा पर्ने उक्त खोलाले सो पालिकाको वडा नम्वर ६ की अन्दाजी ३० वर्षीया निर्मला केसी थापा र वडा नम्बर ४ का अन्दाजी ५० वर्षीय सर्जन पुन रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक बखत बहादुर शाहीले जानकारी दिनुभयो।
रा ६ प २९६१ नम्बरको मोटरसाइकल चढेर आइतबार बेलुकी साँखबाट कानेबाङतर्फ जाँदै गर्दा उहाहरुलाई खोलाले बगाएको थियो । प्रहरीका अनुसार मोटरसाइकल निर्मलाले चलाउनुभएको थियो।
उहाँहरको शव सोमबार बिहान प्रहरीले फेला परेको थियो । सर्जनको शव खोला तर्ने स्थानबाट करिब २० मिटर तल मोटरसाइकलले च्यापेको अवस्थामा र निर्मलाको शव करिब तीन सय मिटर तल शरीरको आधा भाग माटोले पुरिएको अवस्थामा फेला परेको थियो ।
खोलाले बगाउँदा रुकुममा २ जनाको मृत्यु

