काठमाण्डौ,भदौ २४

सरकारी कार्यालयको खाजा खाने समय आधा घण्टा तोकेको छ । हरेक दिन १ः३० देखि २ बजेसम्म कायम गरिएको छ ।यसअघि खाजा खाने समयमा सेवाग्राहीका काम रोकिएको गुनासो आएपछि सरकारी कार्यालयहरुको खाजा खाने समय ३० मिनेट कायम गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ । कतिपय सरकारी कार्यालयमा खाजा समय एक घण्टा लिने गरेको पाइएकाले त्यसबाट घटाएको
प्रधानमन्त्री ओलीले भन्नुभएको छ । ‘खाजा पनि खानुपर्छ, तर खाजा खाने नाममा धेरै समय कार्यालयको काम रोकिनुहुँदैन । उहाँले कार्यालयको खाजा समयको नियमलाई उल्लङ्घन गरेको पाइएमा हेल्लो सरकारमा गुनासो गर्न अनुरोधसमेत गर्नुभएको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *