प्रहरी प्रधान कार्यालयले प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीमाथि छानबिन सुरु गरेको छ ।

प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन (इन्टरपोल) को नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) सिंगापुरले नेपाल प्रहरीको एनसीबी काठमाडौंलाई कालिकोटका महेन्द्रजंग शाह, कालिकोटकै दिपेन्द्रबहादुर शाह र कैलाली घर भएका हेमबहादुर शाहीको पृष्ठभूमि जानकारी गराउन पत्राचार गरेको थियो ।

सिंगापुर प्रहरीले महेन्द्रजंग शाहमाथि आतंकवादी संगठन स्लामिक स्टेट अफ इरान र सिरिया (आइएसआएस) को गतिविधिमा संलग्न रहेको आरोपमा निगरानी गरिहेको र त्यही विषयमाथि बुझ्न पत्राचार गरेपछि प्रहरी प्रधान कार्यालयले छानविन थालेको हो ।

प्रहरी नायव महानिरीक्षक (डीआईजी) दानबहादुर कार्कीले महेन्द्रजंगसँगका सम्बन्धबारे छानबिन सुरु भइसकेको जानकारी दिनुभयो ।

एनसीबी सिंगापुरले २९ जुलाई २०२४ मा एनसीबी काठमाडौंलाई पत्राचार गरेको थियो ।   एनसीबी सिंगापुरले महेन्द्रको आर्थिक पाटोसमेत अस्वाभाविक देखिएको जनाएको छ ।

महेन्द्रजंग लामो समयदेखि दुबई र मलेसिया बस्दै आउनुभएको छ ।सन्  २०१५ मा मलेसियाको गैरआवसीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष समेत उहा हुनुहुन्छ भने त्यतिबेला मलेसियाबाट निकालिनुभएको थियो |  

उहामाथि  नेपालमा समेत वैदेशिक रोजगारीको प्रलोभन देखाउँदै ठगी गरेको उजुरी प्रहरीमा छ ।  उहासगै शाहसँग केही समय अघि सिंगापुरमा डीएसपी शाही समेत घुमफिर गर्न पुगेपछि सिंगापुर प्रहरीले उनको क्रियाकलाप माथि समेत चासो देखाएको हो ।

त्यसो त, डिएसपी शाहीले विदा स्वीकृत गरेपनि विदेश जानेबारे भने प्रहरी प्रधान कार्यालयलाई कुनै जानकारी नगराई गएको देखिएको छ । प्रहरी निरीक्षकभन्दा माथिका अधिकारीले विदा लिएको समयसमेत विदेश जानुपरेमा माथिल्लो कार्यालयलाई जानकारी दिएर मात्रै जानुपर्ने व्यवस्था छ 

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *