तुलसीपुर, ०७ भाद्र ।
तुलसीपुरमा अटो चालक माथि हातपात भएको छ । जिल्ला दाङ तुलसीपुर उप-महानगरपालिका वडा नं. १२ बस्ने बर्ष ३९ को ठाकुर प्रशाद खत्री माथि हातपात हुदाँ निज चालक घाईते भएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न रहेको आरोपमा घोराही उप-महानगरपालिका वडा नं. १२ हापुर घर भई हाल तुलसीपुर उप-महानगरपालिका वडा नं. ६ बस्ने बर्ष ३६ को सन्तोष पोख्रेललाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता एबम प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । घाईतेको राप्ती प्रदेशिक अस्पताल उपचार पश्चात थप उपचारका लागि सिटी अस्पताल तुलसीपुर पठाईएको छ । आक्रमणबाट घाईते भएका खत्रीको टाउको, ओठ, छाती र दायाँ हातमा चोट लागको छ ।
आक्रमण गर्ने पोख्रेल तुलसीपुर यातायात प्रा.लिका कर्मचारी रहेको बताईएको छ । तुलसीपुर उप-महानगरपालिका वडा नं. ६ मदनआश्रित चोकमा रा१ह ७५६० अटो रोकको बिषयमा पोख्रेलले अटोको चाबी खोसेपछि बिबाद उत्पन्न भएको पीडितले बताएका छन् । घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

