काठमाण्डौ,भदौ ७
तनहुँको आबुखैरेनी गाउँपालिका–२ ऐनापहराबाट मर्स्याङ्दी नदीमा यात्रुवाहक बस खसेको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक (एसपी) वीरेन्द्रबहादुर शाहीका अनुसार बस पोखराबाट काठमाण्डौका लागि छुटेको थियो । बसमा ४० जना यात्रु रहेको प्रारम्भिक विवरण छ । घटनास्थल पृथ्वी राजमार्गको आँबुखैरेनी–मुग्लिन सडक खण्डमा पर्छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

भारतको उत्तराखण्डमा ४ जना नेपाली मजदुरको पहिरोले पुर्दा मृत्यु
भारतको उत्तराखण्ड राज्यको केदारनाथ नजिक पहिरोमा पुरिएर चार जना नेपाली नागरिकको ज्यान गएको छ । गएरातिको अविरल वर्षाका कारण रुद्रप्रयाग जिल्लाको केदारनाथको फाटा हेलिप्याड नजिक पहिरोमा पुरिएर चार जना नेपाली मजदुरको ज्यान गएको ुद इन्डियन एक्सप्रेसु ले जनाएको छ ।
ज्यान गुमाउनेमा रुद्रप्रयागमा कार्यरत नेपाल घर भएका तुलबहादुर, पूर्ण नेपाली, किश्न परिहार र चिकु बुरा रहेको उल्लेख छ । चारै जना हेलिप्याड नजिकैको शिविरमा बसिरहेका बेला पहिरोमा पुरिएका स्थानीय प्रशासनले जनाएको छ । उद्धारकर्ताहरूले चारै जनाको शव रुद्रप्रयाग लगेका खबरमा उल्लेख छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *