सुशील बस्नेत
दाङ,१८ भदौ
तुलसीपुर उपपमहानगरपालिकाले प्रहरी प्रशासनको साथ नपाएको आरोप लगाएको छ । आज मंगलबार वडा नम्वर ६ को कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरि बिकास निर्माणको काम गर्दा आईपरेको ज्यान मार्ने धम्की दिने ब्यक्ति तथा समूहलाई दाङको प्रहरी प्रशासनले नसुने झै गरेको आरोप लगाइएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै तुलसीपुर उपमहानगरपालिकाका प्रबक्ता एवम वडा नम्वर १८ का अध्यक्ष माधव वलीले तुलसीपुरको गौरवको आयोजना अन्तर्गत तरकारी बजारदेखि गाईडर हुदै बनकट्टा जोड्ने (मदन आश्रीत) सडक निर्माणका क्रममा वडा अध्यक्ष दुजमान भण्डारी बर्षात र वडा सदस्य यमराज के.सी.लाई सडक निर्माणमा असन्तुष्ट देखाएका ब्यक्ति र समुहले ज्यानमार्ने धम्की दिनु र उक्त घटनाका सम्बन्धमा नाम किटान गरि उजुरी दिदा समेत प्रहरी प्रशासनले बेवास्ता गरिरहेको जानकारी गराउनुभयो । प्रहरी प्रशासन दवाव र प्रभाव वा अन्य कुनै कारणले ती अपराधिक प्रबृत्तिका ब्यक्ति तथा समुहलाई नियन्त्रणमा नलिनुले आशंका पैदा भएको प्रबक्ता वलीले पत्रकार माझ भन्नुभयो ।
वडा नम्वर ६ का अध्यक्ष दुजमान भण्डारीले उक्त सडक निर्माणका क्रममा तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ निवासी ईलिजा वली डाँगी र निजका श्रीमान जागेश्वर वलीले गुण्डा प्रयोग गरेर ज्यान मार्ने धम्की दिएको बताउनुभयो । २०८१ साउन २७ गते वलीको घरमा जनप्रतिनिधि सहित पुगि सडक बिस्तार तथा निर्माणका क्रममा सडकको मापदण्डमा परेको पर्खाल हटाईदिन आग्रह गरिएको थियो,वडा अध्यक्ष भण्डारीले भन्नुभयो । उहाँको पर्खाल र अन्यको समेतमा सोही सहमति अनुसार साउन २९ गते करिव ३ सय उपभोक्ता,जनप्रतिनिधि समेत डोजर लिई पर्खाल भत्काउन लाग्दा वली दम्पत्तीसँग सामान्य बिबाद र धक्कल पक्कल समेत भयो । भण्डारीले भन्नुभयो,वली परिवारले उच्च अदालत तुलसीपुरमा दिएको स्टे अडरलाई सम्मान गर्दै निर्माण कार्य त्यहाँको रोकिएकै हो ।
धम्कीपूर्ण फोन आउन शुरु
साउन ३० गते बिहानपख भारतीय मोवाईल नम्वरबाट वडा अध्यक्ष दुजमान भण्डारी र वडा सदस्य यमराज केसीलाई ज्यान मार्ने पहिलो धम्की आएको उहाँले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । त्यसपछि वडा सदस्य के.सी.लाई फरक फरक भारतीय मोवाईल नम्वरका फोनका घण्टी बज्ने र रिसिभ गर्दा केही दिन भित्र दुवै जनालाई सुट गरिदिने धम्की निरन्तर आईरहेका छन् । ती धम्की लिखित र अडियो प्रमाण रुपमा थुप्रै रहेका,वडा अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । सबै पत्रकारहरुलाई आबश्यक परे ती प्रमाण उपलब्ध गराउछौ, वडा सदस्य के.सी.ले भन्नुभयो ।
फोन कहाँबाट आउँछन
प्लस ९१९०२८०१९९८१ नम्वरको फोन पहिलो पटक भारतको गुवा बाट आएको छ । त्यसपछिका फोन र म्यासेज बिभिन्न भारतीय नम्वरबाट कयौं धम्कीपूर्ण म्यासेज रहेका छन् । फोन नम्वर,मुख्य योजनाकार,धम्कीका प्रमाण र भारतबाट धम्की दिने ब्यक्तिको ब्यक्तिगत बिबरण समेत जानकारी प्रहरी प्रशासनलाई गराईसकेका छौ, हाम्रो सुरक्षाको लागि सुनुवाई भएन,धम्कीबाट पीडित वडा अध्यक्ष भण्डारी र सदस्य के.सी.ले पत्रकारहरुसँग सुरक्षाको याचना गर्नुभयो । भारतीय नम्वरबाट आउने फोन ज्याक्सन ज्याक सामाजिक सञ्जालको प्रोफाईलमा उल्लेख छ भने उनी तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १३ निवासी हुन सक्ने वडा नम्वर ६ को कार्यालयले दावी गरेको छ ।
ईलाका प्रहरी,जिल्ला प्रहरी र जिल्ला प्रशासनमा सुरक्षाको निबेदन
वडा कार्यालयले शुरु गरेको गौरवको आयोजना निर्माणका क्रममा भईरहेको अवरोध र त्यसबाट सुट गरिदिने धम्की समेतका कारण आफुहरु,आ आफ्नो परिवार र उपभोक्ता समेत मानसिक तनाव र त्रसित अबस्थामा रहेको जानकारी ईलाका प्रहरी कार्यालय तुलसीपुरमा भदौ २ गते निबेदन दिएको पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको थियो । उक्त घटनाका मुख्य योजनाकार मध्येका वली परिवारका सदस्यलाई आबश्यक छानविनका लागि तत्काल नियन्त्रणमा लिने ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख,प्रहरी नायव उपरीक्षक ठाकुरप्रसाद पोख्रेलले वडा कार्यालयलाई आश्वासन दिनुभयो । धम्कीपुर्ण फोन र म्यासेज रोकिएनन् तर सुरक्षाको प्रत्याभूति ई.प्र.का. तुलसीपुरबाट हुनै सकेन,उहाँहरुले भन्नुभयो । भदौ ७ गते जिल्ला प्रहरी कार्यालय घोराहीमा गई प्रहरी प्रमुखलाई असुरक्षाको अबस्थाका बारेमा जानकारी गराउदै तुलसीपुरमै खुल्ला रुपमा हिड्ने मुख्य योजनाकारलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान नगरको गुनासो सहितको निबेदन दिदा,दाङका प्रहरी प्रमुखबाट तत्काल पक्राउ गरि अनुसन्धान गर्न निर्देशन दिनुभयो,तर पनि प्रहरीले आट नगरेको महसुस हामीले गर्यौ,वडा अध्यक्ष भण्डारीले भन्नुभयो । जिल्ला प्रहरी कार्यालय र ई.प्र.का. तुलसीपुरमा दिएको निवेदनको सुनुवाई नभएपछि भदौ १७ गते जिल्ला प्रशासन कार्यालय घोराहीमा अर्को निबेदन दिएको तर पनि हाल सम्म मुख्य योजनाकार डाँगी दम्पत्तिलाई प्रक्राउ नगर्नु कतै उनीहरुको संरक्षणमा छैन भनि आशंका पैदा भईरहेको पत्रकार सम्मेलनमा बितरीत प्रेस बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
सडक आधुनिक प्रबिधिको बन्दै
लुम्बिनी प्रदेश सरकारको झण्डै २ करोड लागतमा ८ मिटर चौडाई र १ किलो मिटर लम्वाई रहेको सडक निर्माण आर्थिक बर्षमा सम्पन्न हुने गरि शुरु भएको छ । अस्फाल्ट प्रबिधिबाट कालो पत्र गरिने उक्त सडक तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ को गौरवको आयोजना समेत हो । तरकारी बजारबाट शुरु भएको उक्त सडक गाईडर,बनकट्टा जोडिने छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *