काठमाडौं,१३ भदौ
स्याङ्जाको पुतलीबजारमा जन्मे हुर्केका एकनारायण अर्याल मुख्य सचिव बन्नुभएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उहालाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेसँगै उनी निजामती प्रशासनको सर्वोच्च पदमा पुग्नुभएको हो ।
उहाँ अब ३ वर्ष यो पदमा रहेर नेपालको कर्मचारी संयन्त्र हाँक्नुहुने छ ।
उहा स्याङ्जाको किसान परिवारमा जन्मनुभएको हो ।
पहिलो पटक नायब सुब्बाका रुपमा ४ माघ २०४६ मा सरकारी सेवामा प्रवेश गरेका अर्यालले शाखा अधिकृतदेखि सहसचिवसम्म फाइल बढुवा कुर्नुभएन । सुब्बाबाट नेपाल प्रशासन सेवाको सामान्य प्रशासन समूहको शाखा अधिकृतमा नाम निकाल्न ५ वर्ष भने २०५१ फागुन ४ गते उहाँ शाखा अधिकृत हुनुभयो । उहाले अधिकृतका रुपमा तत्कालीन पर्यटन तथा संस्कृति मन्त्रालय, निर्वाचन आयोग, वन मन्त्रालय लगायतका निकायमा काम गर्नुभयो ।
त्यसको सात वर्षपछि उहाले उपसचिवमा नाम निकाल्नुभयो भने ६ माघ २०५८ मा उपसचिव बनेका अर्याल १९ फागन २०६७ मा सहसचिव ह
ुहुनुभयो । सहसचिवका रुपमा नाम निकालेपछि उहा प्रायः आकर्षक पदहरुमा नै रहे र सानोमा राखेको लक्ष्य हासिल गनुभयो ।
तनहुँ, मकवानपुर र काठमाडौंको सीडीओ बनेका अर्याल काठमाडौंको सीडीओ रहेका बेला मोरङमा सरुवा भएपछि उहा जान चाहनुभएन । गृह मन्त्रालयमा कर्मचारी प्रशासन महाशाखा प्रमुख र कोलकातास्थित नेपाली महावाणिज्य दूतावासमा महावाणिज्यदूतका रुपमा समेत काम गर्नुभयो ।
उहा १८ फागुन २०७६ मा सचिवमा बढुवा भए र, सचिवका रुपमा काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा पदस्थापन हुनुभयो । त्यसपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र गृह मन्त्रालयमा सचिवका रुपमा काम गर्नुभयो ।
निजामती करियरमा नेकपा एमाले सत्तामा रहँदा आकर्षक अवसरहरु पाएकाले उहा प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकट सम्बन्धमा हुनुुहुन्छ ।
गत ९ असारमा तत्कालीन मुख्यसचिव डा. वैकुण्ठ अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि १० असारमा सरकारले उहालाई राष्ट्रिय योजना आयोगमा मुख्यसचिवसरहको पद सिर्जना गरेर सरुवा गरेको थियो ।
त्योसँगै नयाँ मुख्यसचिवका लागि दौडधुप सुरु भएको थियो । त्यतिबेला माओवादी नेतृत्वको सरकार भएकाले मुख्यसचिवमा अर्यालको भन्दा बढी सम्भावना सचिव रामकृष्ण सुवेदीको थियो ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले नयाँ मुख्य सचिव नियुक्ति नगरी गड्तौलालाई कामु मुख्य मुख्यसचिवको जिम्मेवारी दियो । असार अन्तिममा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नुभयो।
सत्ता गठबन्धन परिवर्तन भएलगत्तै अर्याल मुख्य दाबेदारका रुपमा हेरिनुभएको थियो । तर, नयाँ सरकारले छोटो कार्यकाल भएकी गड्तौलालाई १० साउनमा मुख्य सचिव बनाएपछि अर्यालको सम्भावना झन् बलियो भएको थियो ।
आज शुक्रबार नवनियुक्त मुख्यसचिव अर्याललाई पद हस्तान्तरण गरेर गड्तौला ५८ वर्षे उमेरहदका कारण सिंहदरबारबाट बिदा हुनलाग्नुभएको छ ।
हाल गृह सचिव रहेका अर्याल सचिवहरुको वरियतामा चौथो नम्बरमा थिए । राष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवाली पहिलो, सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव रामकृष्ण सुवेदी दोस्रो र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराई तेस्रो वरियतामा हुनुहुन्छ । तर, चौथो नम्बरमा रहेका अर्याललाई मुख्यसचिव बनाएको छ।
निजामती सेवा ऐन २०४९ को दफा १९ मा राजपत्रांकित विशिष्ट श्रेणीको मुख्यसचिव पदमा बढुवा गर्दा बहालवाला सचिवहरुमध्येबाट नेपाल सरकारले ज्येष्ठता र कार्यकुशलताको आधारमा छनोट गरी बढुवा गर्ने उल्लेख छ ।
प्रधानमन्त्री ओलीसँग निकट सम्बन्धका कारण सबैभन्दा बलियो दाबेदार थिए । बिहीबार उनी मुख्य सचिव बनेसँगै पहिलो नम्बरका सचिव ज्ञवाली ५ वर्षे सेवा अवधि पूरा गरेर २२ भदौमा अवकाशमा जानुहुने छ ।
सीडीओ हुने लक्ष्य राखेका अर्याल बने मुख्यसचिव

