राष्ट्रसंघ कार्यालयअगाडि प्रदर्शन

By Sushil Basnet १४ कार्तिक २०८०, मंगलवार १०:११ १४ कार्तिक २०८०, मंगलवार १०:११ १४ कार्तिक २०८०, मंगलवार १०:११

१४ कार्तिक
मानवअधिकार तथा शान्ति समाजले नेपालस्थित राष्ट्रसंघ कार्यालयअगाडि प्रदर्शन गरेका छन् ।
आतंकवाद र युद्धविरुद्ध अभियानका क्रममा राष्ट्रसंघको कार्यालय पुल्चोकअगाडि आधा घण्टा प्रदर्शन गरिएको समाजद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
“युद्धग्रस्त गाजामा नागरिकहरूको जीवनरक्षाको लागि प्रभावकारी कदम चाल्न र हमासले बन्धक बनाएका विपीन जोशीलगायत सबै बन्धकहरूको शीघ्र रिहाइका लागि पहल गर्न संयुक्त राष्ट्रसंघलाई आग्रहसहित प्रदर्शन भएको हो,” विज्ञप्तिमा भनिएको छ ।

समाजले हमासको आतंक र इजरायलको बर्बरताको निन्दा गर्दै आएको छ । हमासको आतंक र इजरायलको बर्बरता दुवै विश्व शान्तिका निम्ति खतरा भएको समाजले जनाएको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *