मर्यादासम्बन्धी विधेयक २०७९ पास

By Sushil Basnet १४ कार्तिक २०८०, मंगलवार १०:०१ १४ कार्तिक २०८०, मंगलवार १०:०१ १४ कार्तिक २०८०, मंगलवार १०:०१

१४ कात्तिक
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले सोमबार राष्ट्रिय मर्यादासम्बन्धी विधेयक २०७९ पास गरेको छ । राष्ट्रिय सभामा रहेका सबै दलका प्रतिनिधिहरुले गैरसरकारी विधेयकका रुपमा राष्ट्रिय मर्यादासम्बन्धी विधेयक गत चैतमा दर्ता गराएका थिए । गणतन्त्रपछि नेपालमा मर्यादासम्बन्धी छुट्टै व्यवस्था नभएको भन्दै यो विधेयक ल्याउनुपरेको दलिल उनीहरुको थियो ।
यो विधेयक उत्पत्तिको पृष्ठभूमि पनि रोचक नै छ । चल्तीको भाषामा राष्ट्रिय सभा सांसदहरुलाई माननीय भन्ने गरिए पनि वैधानिक व्यवस्थाभित्र नसमेटिएकाले आफूलाई मयार्दाक्रमको सोपानमा पार्न कांग्रेस, एमाले, माओवादी केन्द्रलगायत दलहरुमा रहेका सांसदहरुले अग्रसरता लिएका थिए ।
मर्यादाक्रम अनावश्यक कुरा भए पनि हिजो सहमति जुटेको विधेयकमा संघीय मन्त्रीलाई मूख्यमन्त्रीभन्दा माथि राख्ने, काठमाडौंका मेयरको मर्यादाक्रम तल खस्काउने आदि कुराले संघीयताको धज्जी उडाएको गुनासो गरेका छन् ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *