तुलसीपुुर,१ भदौ
तीनै तहको सरकारले किशोर किशोरीका लागि कार्यक्रम ल्याउन नसकेको गुनासो गरेका छन् । तुलसीपुरमा शनिबार सम्पन्न सहायता केन्द्र नेपालको दोस्रो साधारण सभाको अबसरमा कार्यक्रममा सहभागि भएका किशोर किशोरीले ( बिश्व स्वास्थ्य संगठनले भनेको १० बर्षदेखि १९ बर्ष उमेर समुहकालाई ) कुनै नीति तथा कार्यक्रम संघीय,प्रदेश र स्थानीय तहका सरकारले ल्याउन नसकेको गुनासो गरेका हुनु । उनीहरुले प्रदेश सभासदस्य लोका बिक, तुलसीपुर नगरपालिकाका प्रबक्ता माधव वली, मानव अधिकारकर्मी सुशील बस्नेत र सामुदायिक बिद्यालय तुलसीपुर दोघरेका प्राधानाध्यापक सुनीता यादवलाई शिक्षा,स्वास्थ्यको अधिकारको सुनिश्चिता,बाल बिबाह न्यूनिकरण, महिला प्रजनन्मा स्वास्थ्य अधिकार, बाल बालिका तथा किशोर किशोरी सञ्जालको क्षमता बिकास लगायतका बिषयमा जिज्ञासा राखेका थिए । साथै प्रदेश तहमा किशोर किशोरी संजाल गठन नै हुदैन भने स्थानीय तहमा गठन गएिका सञ्जालहरुको क्षमता बिकास समेत गरिदैन, उनीहरुको गुनासो छ ।
कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश सभासदस्य लोका बि.क.ले राज्यको मुल प्रबाहीकरणमा ल्याउनु पर्ने उमेर समुह,जातजाति वर्ग समुदायका लागि नीति बनाई अगाडी बढ्न प्रदेश सभामा आवाज उठाउदै आएको बताउनुभयो । प्रदेश सरकारको अस्थीरताको कारणले पनि योजना तथा कार्यक्रममा ठुलो असर पर्दै आएको उहाँले सुनाउनुभयो ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १८ का अध्यक्ष एवम नगरप्रबक्ता माधव वलीले किशोर किशोरी मैत्री निर्देशीका २०७९ निमार्ण गरिएको भएपनि बालबालिका तथा किशोर किशोरी नगर सञ्जाल गठन मात्र भएको गुनासोलाई सम्बोधन गरिने बताउनुभयो ।
मानव अधिकार तथा शान्ति समाजका निर्वतमान केन्द्रिय बरिष्ठ उपसभापति एवम संवादका बरिष्ठ सहजकर्ता सुशील बस्नेतले किशोर किशोरीका लागि सरकारले गर्नुपर्ने शिक्षा,स्वास्थ्य,मनोरञ्जन र सीप तथा क्षमता बिकासमा तीनै तहको सरकारको ध्यान पुग्न नसकेको औल्याउनुभयो । संबिधानको मौलिक हकलाई समेत राज्यले कार्यान्वयन गर्न सकेको र्छैन, उहाँले भन्नुभयो ।
माध्यामिक बिद्यालय दोघरेका प्रधानाध्यापक सुनीता यादवले समाजमा किशोरीमाथि हुने बिभेद अझै कायमै रहेको बताउनुभयो ।
संस्थाका अध्यक्ष खेमराज बिश्वकर्माको अध्यक्षतमा भएको कार्यक्रममा अधिकारकर्मी निर्मल नेपाली, ओरेक नेपालका पुजा बि.क.,उज्यालो नेपालका शरद बुढाथोकी,युवा नेता अरुण लहरे, अपाङ समाज सुधार केन्द्रका संस्थापक अध्यक्ष हुमाकान्त कँडेल, लायन्स क्लव अफ क्यापीटलका कोषाध्यक्ष दिपक खड्का लगायतले किशोर किशोरीको वर्तमान अबस्था र चुनौति बिषयमा आ आफना धारणा राख्नुभएको थियो ।
सो अवसरमा सांगठनीक प्रतिबेदन सचिव मुना बिक र आर्थिक प्रतिबेदन दुवीसरा वलीले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तब्य सहसचिव अभिषेक दाहालले गर्नुभएको थियो भने कार्यक्रमको सहजिकरण सचिव मुना बिकले गर्नुभएको थियो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *