दाङ, १ भाद्र ।
दाङ भ्याली यातायात प्रा.लिको बरिष्ठ उपाध्यक्षमा प्रेम रेउले मनोनित हुनुभएको छ । शनिवार बसेको सञ्चालक समितीको बैठकले बरिष्ठ उपाध्यक्ष पदमा प्रेम रेउलेलाई मनोनित गर्ने निर्णय गरेको हो । रेउले लामो समय देखि यातायात क्षेत्रमा आवद्ध रहनुभएको छ । उहाँ शान्तिनगर गाँउपालिका वडा नं. ४ निवासी हुनुहुन्छ ।
दाङ भ्याली यातायात प्रा.लिले जिल्लाभर ४ वटा शाखा सञ्चालन गरेको छ भने ति शाखाहरुमा ८ सय बढी तिन पाङग्रे अटो टेम्पो आबद्ध भई सञ्चालनमा रहेका छन् ।

