एजेन्न्सी, श्रावण ३१
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले मंकीपक्स (एमपक्स) लाई विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको छ ।
अफ्रिकाका केही भागमा ‘एमपक्स’ फैलिएपछि डब्लूएचओले विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको हो ।
डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले अफ्रिकाभित्र र बाहिर फैलिने सम्भावना रहेकाले यसलाई धेरै चिन्ताजनक अवस्था भएको बताउनुभएको छ ।
अत्यधिक संक्रामक मानिने मंकीपक्सले कंगोमा प्रारम्भिक प्रकोपको क्रममा कम्तीमा ४५० जनाको मृत्यु भएको छ । अहिले मध्य र पूर्वी अफ्रिकामा फैलिइरहेको बताइएको छ ।

