प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने तर राजीनामा नदिने

काठमाडौं १८ असार
पछिल्लो राजनीतिक घटनाक्रमबारे आज बसेको नेकपा माओबादी पार्टीका मन्त्रीसहितको पदाधिकारी बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिएर संसदको सामना गर्ने निर्णय गरेको छ ।
बैठकको निर्णय सुनाउदै विश्वासको मत लिने निर्णय गरेको नेकपा माओवादीका सचिव देवेन्द्र पौडेलले जानकारी दिनुभयो ।
‘प्रधानमन्त्री ले गलेर छोड्ने कुरा हुँदैन । गणित शो गर्न जाने, संसद फेस गर्ने र विश्वासको मत लिने कुरामा प्रधानमन्त्रीले कुरा राख्नुभएको छ,’ उहाले भन्नुभयो, ‘पार्टीले पनि विश्वासको मतको सामना गर्ने र विभिन्न पक्षसँग कुराकानी गर्ने, राष्ट्रिय स्वतन्त्र पार्टीसँग पनि, कांग्रेससँग पनि र स्वयं एमालेका अहिले सहमति भए पनि विभिन्न पक्षसँग कुराकानी गर्ने र अगाडि बढ्ने कुरा भएको छ ।’

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *