नाउपाको संसदीय दलको नेतामा गंंगाराम चौधरी,रञ्जितालाई हटाइयो

असार १७ गते

नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेतमा गंंगाराम चौधरीले जिम्मेवारी पाउनुभएको छ । पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाइ बहुमत प्रतिनिधि सभा सदस्यहरूको बैठकले आइतबार श्रेष्ठलाई हटाएर प्रमुख सचेतक गंगाराम चौधरीलाई दलको नेताको जिम्मेवारी दिने निर्णय गरेको हो ।
पार्टीका संरक्षक लालवीर चौधरीलाई प्रमुख सचेतकको जिम्मेवारी दिइएको छ । बर्दिया २ बाट निर्वाचित लालवीर रेशम चौधरीका बुवा हुनुहुन्छ । संसदीय दलको नेता परिवर्तन गरेको कुरा औपचारिक रूपमा संसद सचिवालयलाई जानकारी गराउन बाँकी रहेको नाउपाले जनाएको छ ।
दल नेतामा चयन भएका गंगा चौधरीले उक्त निर्णयबारे सचिवालयलाई सोमबार जानकारी गराइने बताउनुभयो ।
गत फागुनमा संघमा राजनीतिक समीकरण फेरिएपछि नागरिक उन्मुक्ति पार्टीभित्र सरकारमा सहभागिताको विषयलाई लिएर अध्यक्ष श्रेष्ठ र संरक्षक रेशम चौधरीबीच विवाद थियो ।
श्रेष्ठ नयाँ समीकरणलाई सघाउने र चौधरी कांग्रेससहितको समीकरणको पक्षमा उभिनुभएको थियो । सोही विवादकाबीच श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन ह्वीप जारी गर्नुभएको थियो । विवादकै कारण सुदूरपश्चिममा समेत प्रदेश सभा सदस्यहरू विभाजित छन् ।
रञ्जिता पक्षका कैलाश चौधरी र टीका थापा सरकारमा सहभागी भएका बेला रेशम पक्षका अन्य पाँच जना भने कांग्रेससँगै प्रतिपक्षी बेन्चमा बसेका छन्

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *