सुशील बस्नेत
तुलसीपुर, १६ असार
दाङमा संबिधानका ४ वटा बिषयबस्तुमाथि विमर्श भएको छ । राजनीतिक बिश्लेषक श्रीकृष्ण अनिरुद्र गौतमले संबिधानसँग अन्तरनिहित बिषयबस्तु माथि बिमर्श चलाउनुभएको हो । संविधानका अन्तर्वस्तुमाथि पुनरावलोकनका लागि खोज तथा अनुसन्धानका लागि आउनुभएका गौतमले संघीयताले ल्याएका अवसर, उपस्थित चुनौती र समस्या ,निर्वाचन प्रणालीमा समानुपातिक प्रतिनिधित्व ः यसले ल्याएका अवसर तथा चुनौती (राजनीतिक अस्थिरता र विचलन),शासकीय स्वरूप ः कार्यकारी प्रमुखको निर्वाचन कसरी गर्दा उपयुक्त ? , र संविधानमा धर्म ः कुन ठीक . हालकै प्रावधान वा सापेक्ष कि मौन रहनुलाई विमर्शका विषय बनाईएको थियो ।
विमर्श कार्यक्रममा नेपाली काग्रेसका पूर्व सभापति घनश्याम रेग्मी, नेकपा एमालेका पूर्व अञ्चल सचिव छविलाल वली, नेकपा माओबादी केन्द्रका केन्द्रिय सल्लाहकार शेषुराम भण्डारी र राप्रपाका केन्द्रिय सदस्य सरीता देवकोटा हुनुहुन्थ्यो ।
त्यस्तै डा. बिष्णुकुमार देवकोटा,राप्ती बबई क्याम्पसका प्रमुख गणेश पाद्र्ये र राप्ती बबई बहुमुखि क्याम्पसका उपप्राध्यापक भुपबहादुर बुढाथोकी, अधिकारकर्मी नवराज लामिछाने,दलित अधिकारकर्मी निर्मल नेपाली र राधिका परियार,महिला अधिकारकर्मी सुष्मा गिरी, नमुना महिला संसदका सभामुख सीमा न्यौपाने,तुलसीपुर उद्योग बाणिज्य संघका सदस्य बिमल गौतमले संघियतामा प्रदेश भूमिका,समानुपातिक प्रणाली,शासकिय स्वरुप र धर्मका बिषयमा आ आफ्ना भनाई राख्नुभएको थियो । अधिकासं बिषयमा फरक मत भएपनि सनातन हिन्दु धर्मका बारेमा भने करिव करिव एक मत झै बिमर्शमा देखिएको थियो । खोज तथा अनुसन्धानकर्ता गौतमले ७ वटै प्रदेशका बिभिन्न जिल्लामा पुगि यी ४ वटा बिषयमा विमर्श गर्दै आउनुभएको छ । बिहान घोराहीमा सम्पन्न भएको कार्यक्रम तुलसीपुरमा समापन पछि आईतबार बेलुकी बाँके र बर्दिया हुदै धनगढी तर्फ जानुभएको छ ।