काठमाडौं ,१८ असार
राष्ट्रिय स्वतन्त्र पार्टी नँया सत्ता समिकरणमा सहभागि नहुने भएको छ ।
मंगलबार बिहान बसेको रास्वपा सचिवालयको बैठकले कांग्रेस–एमाले समीकरणको सरकारमा सहभागी नहुने गरेको प्रवक्ता मुकुल ढकालले जानकारी दिनुभयो । प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा रास्वपाका चार मन्त्रीहरु छन् । पार्टी सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री,उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री हुनुहुन्छ ।
नेकपा एमाले नेकपा माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली कांग्रेससँग सत्ता साझेदारीमा अघि बढेपछि सरकार संकटमा परेको छ । सोमबार मध्यरात मुलुकका दुई ठूला दल कांग्रेस र एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने लगायतका विषयमा समझदारी गरेका छन् । यद्यपि समझदारी पत्र सार्वजनिक भएको छैन । यही विषयमा छलफल गर्न रास्वपाको सचिवालय बैठक बसेको थियो ।