एजेन्सी, असार १२
केन्यामा आर्थिक सङ्कटको सामना गरिरहेका बेला सरकारले करवृद्धिसम्बन्धी विधेयक पारित गर्न लागेकाले आम नागरिकले प्रदर्शन गर्न थालेका छन् ।
नागरिकहरु संसद् भवनभित्र प्रबेश गरि तोडफोड समेत गरेका छन् ।
प्रदर्शन हिंसात्मक बन्दै गएर उनीहरु बलपूर्वक संसद् भवन भित्र प्रवेश गर्न खोजेपछि प्रहरीले रोकेको थियो । अनियन्त्रित भिडमा रहेका प्रदर्शनकारीले संसद् भवनको केही भागमा आगो लगाइदिएका बीबीसीले जनाएको छ ।
भिड नियन्त्रणका लागि प्रहरीले चलाएको गोली लागेर पाँच जना प्रदर्शनकारीको ज्यान गएको छ । अरू ५० जनाभन्दा धेरै प्रदर्शनकारी घाइते भएका छन् । अश्रुग्यास र पानीको फोहोरा प्रयोग गर्दा पनि प्रदर्शनकारी पछाडि नहटेपछि गोली चलाएको प्रहरीले जनाएको छ ।

