१२ असार
नेपालमा पूर्वदेखि पश्चिमसम्मै ठाउँ–ठाउँमा वर्षा गराउने बादल विकसित भएको छ । मनसुनी रेखा नेपालको पूर्वी भागतिर थोरै माथि र पश्चिमतिर थोरै तल देखिएको छ । विगतका तुलनामा मनसुन थप सक्रिय भएको मौसमविदले बताएका हुन ।
त्यसैको प्रभावले विगत तीन घण्टायता कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लुम्बिनी,कोशी, मधेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा समेत भएको मौसमविद सञ्जिव अधिकारीले जानदकारी दिनुभयो ।
का अनुसार काठमाडौंमा आज दिउँसोको तुलनामा रातिमा बढी वर्षा हुने सम्भावना छ ।
वर्षा गराउने बादल गाढा रातो रंगमा
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको नियमित बुलेटिनमा सबै प्रदेशका एक–दुई स्थानमा आगामी तीन दिनसम्मै वर्षाको सम्भावना औंल्याइएको छ ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी जारी गर्दै कोशी, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न सतर्कता अपनाउन भनेको छ ।
ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।
आगामी विहीबार पनि कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । शुक्रबार सुदूरपश्चिम प्रदेशमा समेत भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बर्षा नहुदा किसानहरु चिन्तित
गत बर्ष केही स्थानमा धान र मकै खेति भईसकेकोमा यसपालि भने राम्रो बर्षा नहुदा धान खेतिमा ढिलाई भईरहेको छ । मकै पनि पानी नपर्दा उम्रेन भने उम्रेको मकै राम्रो देखिएको छैन । जसका कारण गत बर्षको भन्दा यसबर्ष मकै उत्पादनमा कमि हुने संम्भाबना रहेको छ । धान खेतिका लागि भने राम्रो बर्षा भईदिए त्यति फरक नपर्ने कृषि बिज्ञहरुको भनाई छ । सिमसार क्षेत्रमा खेतिपातिको सुरसार भईरहेको छ । जमिनमुनिको पानीको मात्रामा कमि आउदा ईनार,कुवा,धारा,बोरीङ पनि चल्न सकेका छैनन् । अझै केहिदिन यसैगरि खडेरी भईराखे पिउने पानीको समेत हाहाकार हुने देखिन्छ । तर अव मनसुन शुरु हुने खवर पाएका किसानहरु भने खुशी भएका छन् । वातावरणीय प्रभाबको अनुकुलनको कारण अधिक गर्मी हुदा समेत बर्षा हुन नसक्दा सबै चिन्तीत छन् ।

