ब्रेकिङ न्युज
Sun. Apr 19th, 2026

लुम्बिनी सहित ४ प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

दाङ, साउन १९

पछिल्लो ६ घण्टामा दाङ लगायत ४ जिल्लामा ठुलो पानी परेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनसार आज शनिबार बिहान दाङ,बर्दिया, जाजरकोट र सप्तरी लगायतका जिल्लामा ठूलो पानी परेको हो ।
दाङका ठुला तथा साना नदीहरुमा बाढीको जोखिम रहेकोले सावधानी अपनाउन भनेको छ । आज दिउँसो लुम्बिनी,कोशी प्रदेश,गण्डकी र सुदुरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज राति पनि गण्डकी प्रदेशका केही ठाउँमा मुसल्धारे वर्षाको सम्भावना छ । यस्तै राति कोशी, बाग्मती, गण्डकी प्रदेशका केही ठाउँ तथा बाँकी प्रदेशका थोरै ठाउँमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *