ब्रेकिङ न्युज
Sun. Apr 19th, 2026

काठमाण्डौ – जेठ १६

दाङ उपत्यका लगायत तराईका जिल्लामा गर्मी बढ्दै गएको छ । अबको तीन दिनसम्म गर्मी उच्च हुने अनुमान छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्ने अनुमान छ । ती क्षेत्रका बासिन्दालाई गर्मीबाट बच्ने उपायहरु अपनाउन मौसमविद्को सल्लाह छ । पानी पर्न सकेको छैन भने तापक्रम बढ्दो क्रममा छ ।
मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन निकालेर अबका तीन दिनसम्म तातो हावा तथा तातो हावाको लहर सम्भावना रहेको जनाएको छ । आज कोशी प्रदेशसहित पहाडी क्षेत्रका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । अरु बाँकी क्षेत्रमा आजको मौसम सफा नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी प्रदेशसहित बाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रको एक–दुई ठाउँहरूमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

नेपालमा स्थानीय वायु, पश्चिमी वायु र न्यून चापीय प्रणालीको आंशिक प्रभाव परेपनि ‘रेमल’ चक्रवातको प्रभाव कम हुँदै गएको र पानी पर्ने क्रम कम हुँदै गएको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।

काम नपरी घरबाट ननिस्कन, शीतलमा बस्न, बेला बेला पानी र सर्वत तथा फलफूलको जुस पिउन मौसमविद्को सुझाव छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *