१२ असार
लमजुङमा पहिरोले घर बगाएको छ । लगातारको बर्षाका कारण आएको पहिरोले गयराति घर बगाउँदा ४ जना बेपत्ता भएका छन् ।

क्व्होलासोथार गाउँपालिका ३ मा गयराति गएको पहिरोले तीनवटा घर बगाउँदा चार जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय लमजुङका डीएसपी मीनबहादुर घलेले जानकारी दिनुभयो ।
आज बिहान पौने ५ बजे पहिरोले घर बगाएको खबर आएपछि सुरक्षाकर्मीको टोली घटनास्थल गएको छ । घटना भएको ठाउँमा राम्रोसँग फोन सम्पर्कसमेत नभएको डीएसपी घलेले बताउनुभयो ।
उहाअनुसार उद्धारका लागि नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली घटनास्थल हिंडिसकेको छ ।
त्यस क्षेत्रमा अहिले पानी परिरहेको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *