तुलसीपुर,२० जेठ

पछिल्ला दिनमा युवा युवति बिभिन्न कुलतमा फस्दै जादा समाजमा यसप्रति चिन्ता ब्यक्त गरिदै आएको छ । लागु औषध तथा लागुपदार्थ प्रयोग गर्ने युवा युवतिको संख्या बढदै जादा समाजमा अपराधिक घटनाहरु समेत बढदै गएका छन् ।
यसैबिच मानव अधिकार तथा शान्ति समाजको स्थापना दिवसको अवसरमा दुब्र्यसन बिरुद्ध आईतबार बिद्यालय केन्द्रित कार्यक्रम गरिएको छ । तुलसीपुर स्थीत ग्रेट अरनीको उच्च माध्यामिक बिद्यालयका बिद्यार्थीहरुलाई दुब्यसनी भन्नाले के हो , यसबाट पर्ने असरका साथ साथै शान्ति समाजले तयार गरेको ७ बुँदे अबधारण पत्र शान्ति समाजका निर्वतमान बरिष्ठ उपसभापति सुशील बस्नेत र केन्द्रिय सचिव निर्मल नेपालीले प्रस्तुत गरिएको थियो ।
अवधारण पत्रमा लागु औषध÷ मदिरा दुव्र्यसनबाट आफ्ना सन्तति, विद्यालय र सामुदायिक क्षेत्रलाई मुक्त राख्न दृढ इच्छाशक्तिसहित व्यापक पहलको आवश्यकता रहेको उल्लेख छ । त्यस्तै शान्ति समाजले विद्यालय र सामुदायिक क्षेत्रमा अभियान व्यापक रुपमा विस्तार हुनुपर्ने ठानेको छ । यसका लागि अभिभावक वर्गको अहम् भूमिका छ र दुव्र्यसन रोकथामका लागि अभिभावक स्वयंले नेतृत्वदायी भूमिका खेल्नुपर्छ भने दुव्र्यसनको क्षेत्रमा देखिएको नयाँ प्रवृत्तिबारे अभिभावकहरु जानकार हुनु आवश्यक रहेकोमा जोड दिएको छ ।
जसमा अभिभावकीय कर्तव्य पुरा गर्नका लागि अभिभावकीय निगरानी आवश्यक रहेको,
विद्यालयको भूमिकामा लागु औषध÷मदिरा दुव्र्यसनमुक्त विद्यालय बनाउन विशेष योजनासहित दुव्र्यसन रोकथाम कार्यक्रम प्रत्येक विद्यालयसँग हुनुपर्ने, समुदायको भूमिकामा लागु औषध÷मदिरा दुव्र्यसनमुक्त समुदाय निर्माण गर्न समुदायसँग विशेष योजना हुनुपर्ने , लागु औषध÷मदिरा दुव्र्यसन मुक्त कार्यस्थलमा सम्पूर्ण कार्य स्थलहरु लागु औषध÷मदिरा दुव्र्यसनबाट मुक्त रहनुपर्ने, युवा पुस्तालाई विशेष आग्रह गरिएकोमा लागू औषध÷मदिरा दुव्र्यसनले व्यक्तिलाई विक्षिप्त, परिवारलाई तहसनहस र समाजलाई अस्तव्यस्त बनाउने भएकाले अभियानको बारेमा जानकारी गराइएको थियो । भने बिद्यार्थीहरुले दुब्र्यसन बिरुद्ध राखेको चासोलाई बस्नेतले सम्बोधन गर्नुभएको थियो ।
शाखा सभापति कोमल डिसीको सभापतित्वमा भएको कार्यक्रममा सचिव अमृत प्रसाद शर्माले सहजिकरण गर्नुभएको थियो ।
साता ब्यापी कार्यक्रम अन्तर्गत जेठ २० गते लागू पदार्थ दुब्येशनी बिरुद्ध बिद्यालय केन्द्रित कार्यक्रम, जेठ २१ गते जातीय छुवाछूत बिरुद्धको कार्यक्रम, जेठ २२ गते बबई नदि घाट सरसफाई र जेठ २३ गते बिश्व बाताबरण दिवसको अबसरमा तुलसीपुरको रझेना स्थित बृद्ध आश्रम परिसरमा सस्थापक सभापति कृष्ण पहाडीज्यु लगायतको सहभागीतामा रोपीएका बिरुवाको गोडमेल र सरसफाई गरि साता ब्यापी कार्यक्रमको समापन गरिने कार्यबाहक सभापति कोमल डिसीले जानकारी दिनुभयो ।
जेठ १९ गते स्थापना दिवसको दिन नागरिक संवाद कार्यक्रम सम्पन्न गरिएको थियो भने १८ गते रक्तदान कार्यक्रम गरिउको थियो ।
यी कार्यक्रम ब्यबस्थीत रुपमा सम्पन्न गर्न शाखाका कार्यसमितिका बिभिन्न ब्यक्तिहरुलाई संयोजनको जिम्मेवारी दिएको छ । यसैबिच, जेठ १५ गते गणतन्त्र दिवसको अबसरमा दिप प्रज्वलन र जेठ १६ गते लोकतान्त्री गणतन्त्र ः असललाई जिम्मेवारी खवारलाई दण्ड भन्ने नाराका साथ शान्तिपूर्ण प्रदर्शन र १७ गते अपाङगता भएका बालबालिकाहरुलाई शैक्षिक सामाग्री बितरण गरिएको शाखा सभापति कोमल डिसीले जानकारी दिनुभयो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *