बारा, जेठ ३२
बारामा क्याम्पस प्रमुख माथि गोली प्रहार भएको छ ।
रामराजा बहुमुखी क्याम्पस, कलैयाका प्रमुख हरिभुषण कुशवाहामाथि गोली प्रहार भएको हो ।
बाराको आदर्शकोतवाल गाउँपालिका–३ बतरा भन्ने स्थानमा अज्ञात समूहले क्याम्पस प्रमुख कुशवाहामाथि गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । गम्भीर घाइते उनलाई उपचारका लागि बयोधा अस्पताल, वीरगञ्ज लगिएको छ । घटनाको बिस्तृत बिबरण आउन बाँकी रहेको प्रहरीको भनाई छ ।