नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो खस्दा बर्दियाका युवको मृत्यु

चितवन,१३ जेठ

नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोला नजिकै पहिरो खसेर एकजना स्काभेटर चालकको मृत्यु भएको छ ।
सडक डिभिजन कार्यालय चितवनका अनुसार बिहान सवा ९ बजेको समयमा पहिरो खस्दा बर्दियाको गेडुवा गाउँपालिका(४ का अन्दाजी ३८ वर्षीय मंगल चौधरीको मृत्यु भएको हो ।
इच्छामनकामना गाउँपालिका ५, मुग्लिङ नारायणगढ सडकखण्डको ३ नम्वर पुलका लागि पहाड काट्ने क्रममा माथिबाट ढुंगासहित खसेको पहिरोले चालक चौधरीसहित स्काभेटरलाइमा क्षति पुर्‍याएको थियो ।
पहिरोमा परी गम्भीर घाइते भएका चालक चौधरीको उपचारका लागि भरतपुर लगिए पनि उपचारमा संलग्न चिकित्कसले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । स्काभेटरमा पूर्ण रुपमा क्षति भएको र सोही स्थानमा मुग्लिङबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख १५११ नम्बरको ट्रकमासमेत सामान्य क्षति प्रहरीको भनाइ छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *