सुशील बस्नेत
दाङ,१४ जेठ

जेष्ठ नागरिक मैत्री बैंक तथा बित्तीय संस्था र सार्वजनिक यातायात सेवाका लागि तुलसीपुरमा संवाद गरिएको छ ।
तुलसीपुर उपमहानगरपालिकाको महिला बालबालिका तथा सामाजिक बिकास शाखाको आयोजनामा तथा संवाद समूहको सहजिकरणमा जेष्ठ नागरिकहरुको सेवा सुबिधाका बिषयमा संवाद कार्यक्रम गरिएको हो ।
राप्ती प्रादेशिक अस्पताल,बिभिन्न बैक,यातायात प्रा.ली.र प्रहरी प्रशासन तथा जेष्ठ नागरिक बिच संवाद भएको हो ।
उक्त संवाद कार्यक्रममा बैंक तथा बित्तिय संस्था र स्थानीय तह बिचको समन्वयमा जेष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ताको उपलब्धताको सहजताका बारेमा बित्तिय साक्षरता वडा वडामा सञ्चालन गर्ने, वडाको सिफारीसमा असक्त तथा अपाङगता भएकमा जेष्ठ नागरिकको घर दैलोमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने,जेष्ठ नागरिकहरुको कानुनी ब्यबस्था अनुसार प्राप्त गर्ने सार्वजनिक सवारी साधनको भाडामा ५० प्रतिसत छुट उपलब्धता र जेष्ठ नागरिक मैत्री ब्यबहार,स्वास्थ्य सेवाको सहजताका लागि जेष्ठ नागरिकलाई छुटै परिक्षण वाडको पहल राप्ती प्रादेशिक अस्पतालले गर्ने,स्वास्थ्य बिमाको बारेमा जेष्ठ नागरिकलाई अझै राम्रो सचेतनाको आबश्यकता रहेकोले सञ्चालन गर्ने लगायतमा प्रतिबद्धता गरिएको छ ।
उक्त संवादमा सिद्धार्थ बैकका शाखाका प्रमुख किरण आचार्य र महालक्ष्मी बिकास बैकका प्रमुख खगेन्द्र बि.एम,त्रिशिदेश्वरी राप्ती यातायात प्रा.ली.का प्रीतम श्रेष्ठ र यातायात मजदुर दिपक बुढाथोकी,राप्ती प्रादेशिक अस्पतालका कृष्ण गोपाल चौधरी,तुलसीपुर उपमहानगरपालिकाको स्वास्थ्य प्रवद्र्धन शाखाका प्रमुख ओमप्रकास न्यौपाने,ईलाका प्रहरी कार्यालय तुलसीपुरका बरिष्ठ प्रहरी नायव निरीक्षक रबिन्द्र मल्लले आफ्नो क्षेत्रको सेवामा थप प्रभाबकारी बनाउने प्रतिबद्धता जनाउनुभएको हो ।
त्यसक्रममा बृद्ध सेवा समिति जेष्ठ नागरिक समाज लुम्बिनीका अध्यक्ष खुमानन्द अधिकारी,रमा डाँगी, नवराज लामिछाने लगायतले जेष्ठ नागरिकहरुले पाउनुपर्ने सुबिधाको बारेमा भनाई राख्दा केही सुझाब समेत दिनुभएको थियो ।
सो अवसरमा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्का र उपप्रमुख स्यानी चौधरीले उपहानगरपालिकाको तर्फ गरिएका प्रयासमा सबै पक्षले सकारात्मक भूमिका खेल्नु पर्नेमा जोड दिनुभयो ।
महिला,बालबालिका तथा सामाजिक बिकास शाखाका प्रमुख माया श्रेष्ठले बिषय प्रबेश गराउनुभएको कार्यक्रमको सहजिकरण संवाद समूहका बरिष्ठ सहजकर्ता सुशील बस्नेत र सहजकर्ता सुष्मा गिरीले गर्नुभएको थियो ।
२०७८ मंसिर १५ गते उपमहानगरपालिकाको आयोजना र संवाद समूहको सहजिकरणमा जेष्ठ नागरिक मैत्री यातायात सेवा,स्वास्थ्य सेवा,बैंक तथा बित्तिय सेवाका बिषयमा संवाद गरिएको थियो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *