काठमाडौं,१३ जेठ
प्रतिनिधि सभा बैठकमा सत्ता पक्ष र विपक्षीको धकेलाधकेल भएको छ । धकेलाधकेलका बीच अर्थमन्त्री वर्षमान पुनले आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक समीक्षा पेश गर्नुभएको छ । अर्थमन्त्री पुन आफ्नो आसनबाट उठेर रोष्ट्रमतर्फ अघि बढ्दा विपक्षी दलका सांसहरुले घेरा हालेर रोकेका थिए । पछि सत्ता पक्षकै सांसद र मर्यादापालकहरुको सहयोगमा मन्त्री पुन रोष्टममा पुग्नुभएको थियो । गृहमन्त्री रबि लामिछानेको सहकारी प्रकरणमा दोषी भएको भन्दै संसदीय समितिको गठनको माग गर्दै प्रमुख प्रतिपक्ष दलहरुले संसद सञ्चालनमा अबरोध गर्दै आएका छन् । सत्ता पक्ष भने कुनैपनि हालमा नियमिति प्रक्रिया संचालन गर्न उद्धत रहेको छ ।

