काठमाडौ , ११ जेठ

नेपाल प्रहरीका १९ जनालाई सम्पर्कमा आउन सूचना प्रकाशन गरेको छ । प्रहरी प्रधान कार्यालयले आफूखुसी गैर हाजिर भएका प्रहरीलाई शुक्रबार एक सूचना जारी गर्दै ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको हो ।
आफूखुसी कार्यालयमा गैर हाजिर भएको र खोजतलास गर्दा पनि नभेटिएको प्रहरी प्रधान कार्यालय सूचनामार्फत भनेको छ । कार्यालयको सम्पर्कमा आउँदा गैर हाजिर हुनुको कारण खुलाइ स्पष्टीकरण पेश गर्न गरी सफाइको मौका दिइएको र अन्यथा सेवाबाट हटाउने कारबाही हुने चेतावनीसमेत दिएको छ ।
कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार ७ जना फागुनदेखि र ११ जना चैतदेखि कार्यालयमा गैर हाजिर छन् । गैर हाजिर हुनेमा चितवनका प्राविधिक प्रहरी नायव निरीक्षक अञ्जन सिम्खडा र गुल्मीका प्रहरी सहायक निरीक्षक भोजराज न्यौपाने हुनुहुन्छ ।
त्यस्तै प्रहरी हवल्दार प्युठानका कमल रोकामगर, बाराका प्रेमचन्द्र जैसवाल र दाङका देवेन्द्र डिसी हुनुहुन्छ । त्यस्तै सप्तरीका प्रहरी सहायक हबल्दार यौनीकुमार मण्डल, प्राविधिक प्रहरी जवान रामेछापका शिव श्रेष्ठ पनि गैर हाजिर हुनुहुन्छ ।
यसैगरी सम्पर्कमा नरहेका अन्य प्रहरी जवानहरुमा शिवकुमार चलाउने, रुपक केसी, वीरेन्द्रसिंह भाट, सुमन खड्का, कन्हाईलाल राम, प्रसन्नकुमार विक, अनुप मिजार, अशोक नेपाली, कुलबहादुर सारु थापा, कल्याण डि.सी, माधव थापा र प्रहरी कार्यालय सहयोगी रमिता खत्री हुनुहुन्छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *