सुशील बस्नेत
दाङ,८ जेठ
तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १ का दलित तथा गैर दलित बिच अन्तरघुलन कसरी गर्न सकिन्छ भन्नेबारे साक्षारता कार्यक्रम भएको छ ।
बिभिन्न मन्दीरमा पुजारीको भूमिका निर्वाह गर्दै आउनुभएका पण्डीत, ब्रह्मान, क्षेत्री, दलित समुदायका बिभिन्न जातजातिका ५० बढिको सहभागिता रहेको थियो । वडा नम्वर १ लाई दलित मैत्री वडा बनाउने प्रक्रिया अन्तर्गत अन्तरघुलन कार्यक्रम आयोजना गरिएको वडा अध्यक्ष हुमाकान्त सापकोटाले जानकारी दिनुभयो ।
नेपाल जातिय बिभेद तथा छुवाछुत राष्ट्र घोषणा गरिसकेको अबस्थामा पनि अझै पनि समाजमा छुवाछुतका घटना भईरहेकोले दलित र गैरदलित बिच एकैठाँउमा राखि साक्षारता दिइएको आयोजक सहायता केन्द्र नेपालका अध्यक्ष खेमराज बिकले बताउनुभयो ।
तालिम समापन कार्यक्रममा वडा सदस्य मेघराज सोनी,सहभागिहरु ज्ञानु नेपाली,आत्माराम खराल,गिता देवकोटा,बिमल सोनी र भुपति न्यौपानेले समाजमा समुदाय बिच हुने दृष्टिकोण,ब्यबहार र सोचमा परिवर्तन गरि सहअस्तीत्व कायम गर्नुपर्ने भनाई राख्नुभयो ।
संस्थाका अध्यक्ष खेमराज बिकको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १ का अध्यक्ष हुमकान्त सापकोटाको प्रमुख आतिथ्यतामा उक्त साक्षारता कार्यक्रमको समापन गरिएको हो । साक्षारता कार्यक्रमको सहजकर्तामा अधिकारकर्मी निर्मल नेपाली र सुशील बस्नेत हुनुहुन्थ्यो । समापन कार्यक्रमको सहजिकरण संस्थाका सदस्य मुना बिकले गर्नुभएको थियो ।