सुशील बस्नेत
तुलसीपुर,६ जेठ
नेकपा एमालेका महासचिव शंकर पोख्रेलले शनिबार गठन गरिएको संसदीय छानबिन समिति संकटग्रस्त अबस्थाका सहकारीको अध्ययन गर्न गठन गरिएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल दाङले तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाटमा महासचिव पोख्रेलले भन्नुभयो, कानुन मन्त्री पदम गिरीको संयोजकत्वमा गठन गरिएको संसदीय समितिले गृहमन्त्री रवि लामिछाने सँग जोडिएको सहकारीलाई मात्र नभई कुन कुन सहकारीमा समस्या आएको छ र बचतकर्ताको बचत रकमको सुरक्षाको अबस्थाका बारेमा अध्ययन गर्ने छ । प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष समेत रहेका गृहमन्त्री रवि लामिछानेलाई सहकारीको रकम हिनामिना गरेको आरोप लगाउदै लामो समयदेखि अवरुद्ध संसद खुलाउन संसदीय छानबिन समिति गठनको माग गदै आएकोमा दलका शिर्ष नेतृत्वको संवाद पछि संसदीय समिति गठन गरिएको उहाँले बताउनुभयो ।
अर्को प्रसंगमा महासचिव पोख्रेलले भन्नुभयो,नेपाली काग्रेसको एक पक्षले नेकपा एमालेसँग गठबन्धन गरि सरकार बनाउने सन्दर्भमा गरेको आह्वानलाई सोझै अस्वीकार गर्नुभयो । कोशीमा डाक्टर शेखर कोईरालाको चाहना बमोजिम उहाँको पक्षधरलाई प्रदेश मुख्यमन्त्री बनाएकै होनी, अहिलेको अबस्थामा डा. शेखर कोईरालाले गर्नुभएको काग्रेस एमाले गठनबन्धनको सरकार बन्ने सम्भावना नभएको महासचिव पोख्रेलले भन्नुभयो ।
पत्रकारहरुको जिज्ञासामा महासचिव पोख्रेलले टरीगाँउ एरपोर्ट स्तारोन्त्तीका लागि नेपाल सरकारको बजेट तथा कार्यक्रममा केही रकम बिनियोजन हुने जानकारी दिनुभयो । आफुलाई जोडेर टरीगाँउ एरपोर्ट नगराई नारायणपुरमा एरपोर्ट निर्माण गर्न लागेको भन्ने आरोप पनि सुने,उहाँले भन्नुभयो । मेरो चाहाना टरीगाँउ एरपोर्ट सञ्चालन गर्ने हो,तर प्राबिधिक टोलीको रिपोर्टले सम्भाबना रहेको देखाएको छ, त्यसको बिकल्प खोजौ भनिएको हो, त्यो भनेकै नारायणपुर हुन सक्छ,पूर्व मुख्यमन्त्री समेत रहेका पोख्रेलले बताउनुभयो ।
आज आईतबार घोराहीमा हुन लागेको नेकपा एमालेको १४ औ जिल्ला अधिबेसन उद्घाटनका लागि आउनुभएका महासचिव पोख्रेलले गृह जिल्ला दाङको अधिबेशनमा कुनै हस्तक्षेप नगर्ने प्रतिबद्धता जनाउनुभयो । प्रक्रियाबाटै जिल्ला नेतृत्वको चयन हुन्छ, कुनै बिबाद आउने छैन, उहाँले भन्नुभयो ।
पत्रकार भेटघाट कार्यक्रम प्रेस चौतारी नेपाल दाङका अध्यक्ष प्रेमबहादुर राम्झाको अध्यक्षतामा भएको थियो । स्वागत मन्तब्य दिप्ती शिखा चौधरी र सहजिकरण पत्रकार गोर्कण पौड्ेलले गर्नुृभएको थियो ।